मावि साैडियारले मनायाे स्वर्ण जयन्ती

२ फागुन, दाङ

श्री माध्यमिक विद्यालय साैडियारकाे स्थापनाकाे ५० औँ जन्माेत्सव तथा स्वर्ण जयन्ती मंगलबार विशेष समाराेहकाबिच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईकाे अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय डिल्ली बहादुर चाैधरीकाे प्रमुख आतिथ्य र दाङ् जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

शिक्षक अभिभावक संघका अध्यक्ष लाेक बहादुर कुवरकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा प्रदेश सभासद प्रचण्ड विक्रम न्याैपाने, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार तथा घाेराही बनाउ अभियानमा संयाेजक सविन प्रियासन, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भिमप्रकाश खड्का, वडा अध्यक्ष खाेपिराम चाैधरी, नेपाली कांग्रेसका वडा सभापति कर्णबहादुर बुढाथाेकी, रात्रि प्रावि सुशिला पाैडेल लगायतले विद्यालयकाे थप उन्नतिकाे कामनासहित शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गाैतमले विद्यालयकाे आर्थिक, शैक्षिक तथा अन्य प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ट शिक्षककाे रूपमा सीता डिसी, दामाेदर पाण्डे एवं अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकहरूलाई सम्मानित गरिएकाे थियाे ।

यस्तै विद्यालयमा गत बर्ष अक्षयकाेष स्थापना गर्ने कर्ण बहादुर बुढाथोकी, सेनराज शाह, नेत्रलाल उपाध्यायलाई सम्मान गरियाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका सदस्य, पुर्व शिक्षक, पुर्व कर्मचारी, अन्य समाजसेवी, सहयाेगि संस्थाहरु, उत्कृष्ट अभिभावक, उत्कृट विद्यार्थीहरुलाई सम्मान गरियाे ।

वार्षिकोत्सबका अवसरमा विद्यार्थीहरूले विभिन्न नृत्य, गीत, विज्ञान कला प्रदर्शन गरिनुका साथै साे अवसरमा नेपाल रेडक्रस साेशाईटी जिल्ला शाखा दाङकाे प्राविधिक सहयाेगमा रक्तदान, स्वास्थ्य चाैकी साैडियार र हेल्थ फाउण्डेशन नेपालकाे सहयाेगमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे सञ्चालन शिक्षक सुजिता चाैधरी र विष्णुराज चाैधरीले संयुक्त रुपमा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation