निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दल खारेजिको प्रक्रियामा

४ फागुन, काठमाडौं 

निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ।

केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने भएको हो। नियम उल्लंघन गरेका कारण तोकेको जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा जान लागेको आयोगको कानस्न तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले बताए।

‘ती ४१ दललाई अन्तिम एक पटकका लागि जरिवाना बुझाउन निर्देशन दिने र नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, उनले भने।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ।

आधुनिक नेपाल समाजवादी नामको पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एकपटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको आयोगले जनाएको छ।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation