प्युठानको नौबहिनी गाउँपालिकाकाे आयाेजनामा  निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न भएको छ ।

गाउपालिकाले पालिका भित्र रहेका पायल्स फिस्टुला सम्बन्धि समस्या भएका बिरामिकाे मध्यनजर गरि आयाेजना गरेकाे उक्त  शिबिरमा सात जनाको अप्रेसन , एक सय अठचालीस जनाकाे स्वास्थ्य परिक्षण गरिनुकाे साथै सात जनाकाे ल्याव परिक्षण गरिएको आयुर्वेद कविराज विस्नु थापाले जानकारी दिनुभएको छ ।

 

शिबिरबाट आयुर्बेद बिशेषज्ञ सेबा प्रदान गरिएको, अप्रेसन तथा  स्वास्थ्य परिक्षण र औषधि निशुल्क बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले जानकारि दिनु भएको छ ।