फाेप्लीमा विशेषज्ञसहितकाे स्वास्थ्य शिविर

७ फागुन, प्युठान

प्युठानको फाेप्लीमा विभिन्न रोग सम्बन्धि विशेषज्ञसहितकाे नि:शुल्क स्वास्थ्य शिविर संचालन भैरहेको छ।

नौबहिनी गाउँपालिकले आयोजना गरेको स्वस्थ्य शिविरमा ५ प्रकारका विशेषज्ञ सेवा सहितको निशुल्क शिविर संचालन भैरहेको छ। उक्त शिविरमा आज दात, स्त्रीरोग तथा हाडजोर्नी सम्वन्धी चार सय बढीले स्वास्थ्य जाँँच गरेको स्वास्थ्य चाैकीका इन्चार्ज प्रकाश घिमिरे जानकारी दिएका छन्।

नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै संचालन गरेको उक्त शिविरमा आज प्युठान अस्पतालका हाडजोर्नी तथा नशा रोग बिसेसज्ञ डा राजेन्द्र पौडेल संगै प्युठान अस्पतालको सिङ्गो टिम आज नौबहिनी गाउँपालिकाको फोप्लिमा रहेको घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation