सल्यानको त्रिवेणी गाउँपालिकाद्वारा तीनजना सडक मानवको उद्धार

१२ फागुन, सल्यान

सल्यानको त्रिवेणी गाउँपालिकाले पालिकाका सडकमा बेसहारा कठिन जीवनयापन गरिरहेका तीनजना सडक मानवको उद्धार गरेको छ।

राप्ती राजमार्गअन्तर्गत सडक र गाउँपालिका आसपासका सडकपेटीमा एक वर्षदेखि कष्टकर जीवन बिताइरहेका २ महिला र एकजना पुरुषको उद्धार गरी मानव सेवा आश्रम तुलसीपुर दाङमा पठाइएको हो।

पालिकाले ५० हजार आर्थिक सहयोग गरी मानव सेवा आश्रम तुलसीपुर दाङमा पठाइएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिए। उनका अनुसार अन्दाजी ७२ वर्षीय महिला र उनका ३२ वर्षीय छोरा तथा अन्दाजी ३५ वर्षीया महिलालाई आश्रममा पठाइएको उनको भनाइ छ।

मानव सेवा आश्रमका लागि त्रिवेणी गाउँपालिका अध्यक्ष र ३ नम्बरका वडाध्यक्ष कर्णदेव डाँगी हरेक वर्ष १ महिनाको सेवा सुविधाबापतको रकम आश्रमका लागि प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation