प्यालेस्टाइन माथी नेपालको सानदार जितसँगै सेमिफाइनल प्रवेश

१३ फागुन, काठमाडौं 

नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा  समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको  समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १-१ गोल गरे। जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन्। उनी गोल्डेन बुटको दाबेदार हुन्। इराक विरुद्ध उनी उक्लैले ५ गोल गरिन्।

पहिलो हाफको ४०औ  मिनेटमा रेखाको पासमा साम्बाले गोल गर्दै खाता खोलेकी थिइन्। दोस्रो हाफको ५९औ मिनेट साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन्।

त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले ७८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन्। ​ इन्ज्युरी समयमा साम्बालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो।

प्यालेस्टाइनकी गोलकिपरले साम्बालाई गोल छेक्ने क्रममा मुखमा पञ्च मारेपछि नेपालले पेनाल्टी पाएको थियो। गीता रानाले पेनाल्टीमा गोल गर्दै नेपालको ४-० को जित पक्का गरिन्।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन्। फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation