टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

२२ फागुन, काठमाडौं 

त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।

कात्तिकमा टी-ट्वेन्टी विश्वकप एसिया छनोटको उपाधि र यूएईसँगको सिरिज गुमाएको नेपाल त्रिवि मैदानमा अर्को उपाधिको खोजीमा रहेनेछ। डेभ ह्वाटमोर प्रशिक्षक बनेपछि घरेलु मैदानमै भएको सिरिजमा नेदरल्याण्ड्सलाई नै हराएर नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि नेपालले पुनः नेदरल्याण्ड्सलाई हराएर अर्को सिरिज जित्ने लक्ष्यमा छ ।

टी-ट्वेन्टी आईमा पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ। नेदरल्यान्ड्सले दुई खेलमा जित दर्ता गरेको छ। नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग टूमा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation