बस दुर्घटना: एक जनाको मृत्यु, चार गम्भीर घाइते

२३ फागुन, हेटौंडा 

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

मंगलबार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो। धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation