प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा सहमति

९ साउन, काठमाडौं

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीब्र तुल्याउन दुई दल सहमतिमा पुगेको भनिएको छ ।

सहमतिपत्रमा अन्य तीन बुँदा उल्लेख छन् । पहिलोमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने, दोस्रो बुँदामा तीन प्रदेशका सरकारको नेतृत्व एमाले र दुई मा नेकपाले गर्ने उल्लेख छ ।

जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले र कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ ।

तेस्रो बुँदामा मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका सन्दर्भमा अन्य दलसँग परामर्श गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation