त्रिकोणात्मक टि – २० श्रृङ्खला : नेपालको पहिलो खेल आज हङकङसँग

२७ फागुन, काठमाडौं

त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।

आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी-२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।

बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation