‘आफूले चाहेको समयमा बच्चा जन्माउन शुक्रकीट भण्डारण’

२८ फागुन, काठमाडौं

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताउनुभयो ।

उहाँका अनुसार शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन क्षमताको समाधान हो । जनचेतनाको अभावले १० जनालाई परामर्श दिएको एक जनाले मात्र सेवा लिने गर्ने उहाँ बताउनुहुन्छ । डा. थापाका अनुसार अस्पतालले यो सेवा सुरु गरेको पाँच महिना भयो । यो अवधिमा १५ जनाभन्दा बढी पुरुषले शुक्रकीट भण्डारण गरिसकेका छन् । भण्डारण गरिराखेको शुक्रकीटबाट दुई जना गर्भवती भएका छन् । यो सेवा वैदेशिक रोजगारमा जाने दम्पतीका लागि निकै प्रभावकारी हुने थापाको भनाइ छ ।  

शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन क्षमताको समाधान हो ।

अस्पतालले शुक्रकीट भण्डारण गरिराखेको तीन हजार शुल्क लिने गरेको डा= थापा बताउनुहुन्छ । हाल अस्पतालले पुरुषको शुक्रकीट मात्र भण्डार गर्दैआएको छ । अब छिट्टै महिलाको डिम्बाशयबाट अण्डा भण्डारण गरी राख्ने प्रक्रिया अगाडि बढाउने डा= थापा बताउनुहुन्छ ।

शुक्रकीटको भण्डारण  

डा. थापाका अनुसार सम्पर्क नभएको समयमा हस्तमैथुनको माध्यमबाट वीर्य निकाली त्यसबाट शुक्रकीट निकालिन्छ । निकालिएको शुक्रकीट लिक्युड नाइट्रोजनमा राखेर स्पर्म फ्रिज मिडियाको प्रयोग गरेर भण्डारण गर्ने गरेको उहाँको भनाइ छ । यसरी भण्डारण गरेर राखेको शुक्रकीट आफूले चाहेको समयमा दम्पतीले बच्चा जन्माउन सक्ने थापा बताउनुहुन्छ ।  महिलाको अण्डा भण्डारण गर्दा प्रक्रिया अलि झन्झटिलो र महँगो हुने डा= थापाको भनाइ छ ।

शुक्रकीटको प्रयोग 

बच्चा जन्माउनका लागि कुद्ने शुक्रकीट आवश्यक पर्ने डा. थापा बताउनुहुन्छ । चिकित्सकका अनुसार उत्कृष्ट शुक्रकीटलाई छानेर महिलाको गर्भाशयमा राख्न सकिन्छ । महिलाको पाठेघर स्वस्थ भएमा शुक्रकीट समस्या भएमा सुरुमा आइयुआई -इन्ट्रा यूटेरिन इन्सेमिनेशन_ विधि अपनाइन्छ । यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो । तर यो विधिको सफलता दर भने कम छ । यो विधिबाट पनि बच्चा नभएकालाई मात्र आइभिएफ विधिमा लगिन्छ ।

उमेर बढ्दै जाँदा महिला र पुरुषमा वंशाणुगत समस्या उत्पन्न हुने हुँदा ३० वर्षभन्दा अगाडि नै महिलाले अण्डा र पुरुषले शुक्रकीट भण्डारण गरेर राख्न सक्छन् ।

आइभिएफ -इन् भिट्रो फर्टिलाइजेशन_ विशेषज्ञ डा= ज्वाला थापाका अनुसार आइभिएफमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि पाठेघरभित्र राखिन्छ। ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, प्राकृतिक तरिकाले बच्चा नबसे, आइयुआई धेरै पटक असफल भएमा, शुक्रकीटको मोर्टलिटी कम भएमा आइभिएफ गर्न सकिने डा= ज्वाला थापाको भनाइ छ ।

कस्ता मानिसले भण्डारण गर्न सक्छन् 

उमेर बढ्दै जाँदा महिला र पुरुषमा वंशाणुगत समस्या उत्पन्न हुने हुँदा ३० वर्षभन्दा अगाडि नै महिलाले अण्डा र पुरुषले शुक्रकीट भण्डारण गरेर राख्न सक्छन् । त्यसका अतिरिक्त क्यान्सर भएर रेडियोथेरापी, किमोथेरापी गर्दा शुक्रकीट नष्ट हुने भएकाले यस्ता पुरुषले शुक्रकीट भण्डारण गरेर राख्न सक्छन् । लामो समयसम्म औषधीको प्रयोग गर्नुपर्ने अवस्थामा शुक्रकीटको गुणस्तर घट्दै जाने, उत्पादन कम हुने भएकाले यस्ता मानिसले भण्डारण गरेर राख्न मिल्छ ।

त्यसैगरी बच्चा ढिलो जन्माउन योजना भएका दम्पती पनि भण्डारण गरेर राख्न सक्ने डा. विनीता थापाको भनाइ छ । उहाँले महिलाको हकमा उमेर ढल्कँदै गएपछि बाँझोपनको समस्या बढ्दै जाने, र विभिन्न वंशाणुगत समस्या बढ्दै जाँदा अण्डाको गुणस्तर घट्दै जाने हुँदा ३० वर्षभित्र नै अण्डा भण्डारण गर्न सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “उमेर बढ्दै जाँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छन् । शुक्रकीट कमजोर बन्दै जान्छ भने महिलाको अण्डा उत्पादन घट्दै जान्छ । ३० वर्षमा भण्डारण गरेर राखेको शुक्रकीट प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ ।”

महिलामा अण्डा र पुरुषमा शुक्रकीट उत्पादन कम भएमा डोनरको अण्डा र शुक्रकीट लिएर भण्डारण गरेर पनि राख्न मिल्ने चिकित्सकको भनाइ छ । भ्रूण बनाएर भण्डारण गरेर पनि राख्न मिल्ने चिकित्सकहरु बताउँछन् ।

१० वर्षसम्म प्रयोग गर्न मिल्छ 

यसरी भण्डारण गरेर राखेको शुक्रकीट  र अण्डा चाहेको बेलामा रुम टेम्पेरेचर मिलाएर गर्भाशयमा राख्न सकिने चिकित्सकको भनाइ छ । उहाँका अनुसार यसरी भण्डारण गरेर राखेको शुक्रकीट  वर्षौंसम्म प्रयोग गर्न मिल्छ । यसरी राखिएका शुक्रकीट १० वर्षभन्दा बढी समयसम्म पनि प्रयोग गर्न सकिने डा= थापाको तर्क छ । यसरी राखिएका शुक्रकीटको गुणस्तर नघट्ने उहाँको भनाइ छ । भण्डारण गरी राखिएका शुक्रकीट ५० देखि ६० प्रतिशत सफल हुन्छ ।

महिला–पुरुष दुवैमा निःसन्तान समस्या हुन्छ 

पछिल्लो समय नेपालमा बाँझोपनको समस्या बढ्दो छ । आइभिएफ विशेषज्ञ डा. ज्वाला थापाका अनुसार कुनै पनि दम्पतीले एक वर्षसम्म नियमित शारीरिक सम्पर्क गर्दा बच्चा बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ । उहाँका अनुसार दैनिक अस्पतालको ओपिडीमा ३० देखि ५० जना सामान्यदेखि जटिल निःसन्तानको समस्या लिएर आउँछन् । उहाँ भन्नुहुन्छ, “हाम्रो ओपिडीमा ३० जना निःसन्तानको समस्या लिएर आउने गर्दछन् । त्यसमा सामान्य बुझ्न आएकादेखि आइभिएफ गर्नुपर्नेसम्मका समस्या लिएर आउने गर्दछन् ।”

डा. ज्वाला थापाका अनुसार कुनै पनि दम्पतीले एक वर्षसम्म नियमित शारीरिक सम्पर्क गर्दा बच्चा बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ ।

बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबरजस्तो देखिने उहाँ बताउनुहुन्छ । दीर्घरोग, तनाव, खराब जीवनशैली, ढिलो विवाह, अत्यधिक, मद्यपानको सेवन, धुमपानका कारण निःसन्तानको समस्या बढ्दै गएको डा= थापाको भनाइ छ ।

महिलामा खराब जीवनशैली, पोषणको कमीले, कसरतको कमी, तनावयुक्त जीवनशैली, मोटोपन, हर्मोनल गडबडीको कारण, महिनावारीमा गडबडी, हर्मोन गडबडीका कारणले गर्दा निःसन्तानको समस्या आउने उहाँको भनाइ छ ।

-गो.प.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation