आईसीसीका अध्यक्ष ग्रेग बार्कले आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्।

अहिले भारतमा रहेका अध्यक्ष बार्कले अपराह्न काठमाडौं आइपुग्ने छन्। विमानस्थलमा उनलाई क्यानका अधिकारीले स्वागत गर्नेछ।

चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गर्नेछन्। यस्तै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग भेट गर्नेछन्।

मंगलबार नै क्यानका बोर्ड सदस्यसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

बुधबार स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने उनलाई माउण्टेन फ्लाइट पनि गराउने क्यानको तयारी छ।

बार्कले बिहीबार बिहान फर्किनेछन्। भारतमा शुक्रबार शुरु हुने इण्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation