घरेलु टोली बहराइनसँग नेपाल ५-० ले पराजित

९ चैत, काठमाडौं 

फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ।

बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ।  नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ। दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation