पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

फ्रान्सेली राष्ट्रिय लेखा परीक्षक प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई तीनदेखि पाँच अर्ब युरो खर्च हुने जानकारी दिए।

सन् २०१७ मा शहर छनोट गर्दा छ अर्ब ६० करोड युरो बजेट छुट्याइएको थियो।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो। सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्री प्रयोग गर्ने प्रतिज्ञा गरेका छन्।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगष्ट ११ सम्म हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation