एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ।ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ। कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको छ।

साबिक विजेता नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदा कतार पहिलो जितको खोजीमा हुनेछ।  १० टिम सहभागी प्रतयोगिताको समूह एमा नेपाल र मेलसियासँग हङकङ, कतार र साउदी अरेबिया छन्।

समूह बीमा युएई, ओमान , कुवेत, बहराइन र कम्बोडिया छन्। उपाधि जित्ने टिम सन् २०२५ को एसिया कपका लागि छनोट हुनेछ। नेपालले वैशाख ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation