आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

छ महिनादेखि  ५९  महिनाका  बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए। । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी  २९  लाख बालबालिकालाई  खुवाउने  लक्ष्य  छ ।
भिटामिन  ‘ए’  कार्यक्रमका  लागि  ५५  हजार  स्वास्थ्यकर्मी तथा  महिला  स्वास्थ्य  स्वयंसेविकाको सहभागिता रहने छ।

सरकारले  बालबालिकामा  हुन  सक्ने  स्वास्थ्य  जटिलता  तथा कुपोषणको  जोखिम  न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ खुवाउँदै आएको छ। २०५६ सालदेखि जुकाको औषधि पनि नियमित खुवाउन थालिएको हो ।

आज छुटेका बालबालिकालाई भोलि पनि खुवाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation