करिब साढे १९ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर १ हजार ९७२ दशमलव १४ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव शून्य ४ अङ्कले ओरालो लागेर ३५० दशमलव ४७ मा पुगेको छ।

कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४४१ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार ६७९ रुपैयाँ, पोखरा फाइनान्स ७ करोड ३७ लाख ५५ हजार ६४६ रुपैयाँ, शिवम् सिमेन्ट ५ करोड ४५ लाख १९ हजार १२३ रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाख ४९ हजार ५५१ रुपैयाँ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर ७ दशमलव ९४, पोखरा फाइनान्स ६ दशमलव २१, एनआईसी एशिया ग्रोथ फण्ड ५ दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ५ दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतले कमाएका छन्।

रुरु जलविद्युत् परियोजना ९ दशमलव ९९, गुर्खाज फाइनान्स ९ दशमलव३९, सिभिल बैंकको ऋणपत्र ८ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation