सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा, अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर

९ बैशाख, काठमाडौँ

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।

पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको अख्तियारको निष्कर्ष छ। उनले यो रकम भ्रष्टाचार गरी कमाएको अभियोग लगाउँदै अख्तियारले मुद्दा चलाउने निर्णय गरेको हो।

नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा शुक्रबार मात्र दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुन: अर्को मुद्दा विशेष अदालतमा पुर्‍याएको छ।

अख्तियारले पौडेलसहित ९ जनाविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तीमध्ये विशेष अदालतले पौडेललाई मात्र दोषी ठहर गरेको हो।

सुनील हाल अख्तियारकै हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation