गौमुखीमा शिक्षाको ज्योति छर्ने सुनारको स्मृति दिवसमा  पुरस्कार वितरण

प्युठान,वैशाख १४।गौमुखीमा शिक्षालाई  महत्त्वपूर्ण स्थान दिन भूमिका बाँधेका शैक्षिक व्यक्ती टेकबहादुर सुनारको तीसौं स्मृति दिवस मनाईएको छ।
सरकारबाट सुकोपैसा तलब नपाएर पनि उन्नाइस वर्ष सम्म अनवरत रुपमा शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको आज गौमुखीमा तीसौं स्मृति दिवस मनाईएको हो।
सुनारको जन्म गाउँ प्यूठानको गौमुखी गाउपालिका-६ लिवाङस्थित भृकुटी मावि प्राङ्गणमा वडा नं-६ का वडाध्यक्ष चन्द्रबहादुर खत्री,समाजसेवी ज्ञामुराम न्यौपाने,वडा सदस्यहरु,शिक्षक,समाजसेवी, विद्यार्थी एवम् स्थानीयको उपस्थिति रहेको थियो। उपस्थितहरुले दिवंगत टेक बहादुर सुनारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरेका हुन् ।

अपाङ्ग तथा दलित  शिक्षक टेक बहादुर सुनारले गोठ्ठाटी, खलाचौर, लैसारा, जाडागाँउ र घोप्टेमा  गरी पाँचवटा विद्यालयहरू स्थापना गर्न  महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।

उहाँको जन्म २ हजार साल पुष ५ गते लिवाङको  बाँझाखर्कमा भएको थियो ।सुनारको २०५१ साल वैशाख ११ गते ५१ वर्षको उमेरमा निधन भएको थियो। सुनारको जीवनी गाउँपालिका स्तरिय पाठ्यक्रम ‘गौमुखी सेरोफेरो’मा समावेश गरिएको छ।

सुनारको जिवनीलाई समेटेर स्थानीय पाठ्यक्रम ‘गौमुखी सेरोफेरो’ प्रकाशन गर्नका निम्ति समाजसेवी ज्ञामुराम न्यौपानेले पालिका सँग आवश्यक पहल गरेका थिए।फलस्वरूप गौमुखीमा स्थानीय पाठ्यक्रम निरन्तर अध्ययन अध्यापन हुँदै आईरहेको छ।गौमुखीमा शिक्षाको ज्योति छर्ने सुनारको स्मृतिमा केही समय पछि सालिक समेत स्थापना गरिने न्यौपानेले बताएका छन।
पुष्प न्यौपाने र सुजाता चन्दद्वारा २०७८ सालमा स्थापना गरिएको “जलजला शिक्षा प्रोत्साहन पुरस्कार” अभियन्ता टेक बहादुर सुनारको स्मृती दिवसको अवसरमा आज प्रदान गरिएको छ । कक्षा आठको गाउँपालिका स्तरिय परिक्षामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने चार जना दलित छात्रालाई जनही पाँच हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको  हो।स्मृति दिवसमा भृकुटी मावी लिवाङका विपना सुनार,गौमुखी मावी ठुलावेशीका अमृता विक,ज्ञानोदय आवि रजबाराका यूनिसा सुनार र महेन्द्र मावी पुजाका नर्मी सुनार लाई जलजला शिक्षा प्रोत्साहन पुरस्कार प्रदान गरिएको दलित अधिकारकर्मी एवम् युवा अभियन्ता सुरेश विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation