वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ जना खेलाडी

१४ बैशाख, काठमाडौँ 

भोलि (शनिवार) शुरु हुने वेस्ट इन्डिज ए विरुद्धको टी-२० शृंखलाका लागि यसअघि घोषित नेपाली टोलीमा अरु ४ जना खेलाडी थपिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली टोलीमा कमलसिंह ऐरी‚ सागर ढकाल, विनोद भण्डारी र लोकेश बमलाई पनि समावेश गरिएको जानकारी दिए।

थपिएका यी ४ जनासँगै ५ खेलको टी-२० शृंखला खेल्ने नेपाली टोलीमा अब खेलाडीको संख्या २० पुगेको छ। चारैजना खेलाडीले यसअघि नेपालमै भएकोआयरल्याण्ड ए विरुद्धको शृंखलामा नेपाल ए बाट खेलेका थिए।

क्यानले बिहीवार १६ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको थियो। एसीसी प्रिमियर कप खेलेका खेलाडी रहेको टोलीमा तीव्र गतिका बलर आकाश चन्द र अलराउण्डर आरिफ शेखलाई थपिएको थियो।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, अनिल शाह, विनोद भण्डारी, आरिफ शेख, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation