पत्रकारकाे न्यायमा महानगरकाे उदासीन विरुद्ध आन्दोलनकाे तयारीमा श्रमजीवी संघ

१४ बैशाख, काठमाडौँ

प्राणमञ्चकर्मी तथा पत्रकार पदमप्रसाद पाेख्रेलकाे न्यायका लागि गरिएको सहमति कार्यान्वयन नगरि काठमाडौँ महानगरले बेवास्ता गरेको भन्दै श्रमजीवी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाण्डौ महानगर प्रहरीले गत ०८० फागुन १६ गते सुन्धारामा सडक व्यापारीमाथि गरेकाे ज्यादतीकाे रिपोर्टिङ गरिरहँदा पत्रकार पोख्रेल माथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाइ उनिसँग भएका विभिन्न सञ्चार सामाग्री र घरायसी सामानहरु लुटपाट गरेको थियो ।

महानगरकाे दादागिरी र ज्यादतीकाे विरुद्धमा श्रमजीवी पत्रकार संघकाे अगुवाइमा एक हप्ते रिले अनसन बसेपछि महानगरले वार्तामा बाेलाएर दुई बुँदे सहमति गरेकाे थियाे ।

पत्रकार पदमप्रसाद पोखरेलको क्यामेरा, ल्यापटप, अन्य घरायसी सामाग्रीकाे फिर्ता, उपचार खर्च दिने र घटनाको छानविन गर्न अध्ययनकाे छानवीन समिति बनाई न्याय दिलाउने सम्झौता भएको थियाे । साे सहमति भएको डेढ महिना बितिसक्दा पनि कायान्वयन नभएको र सम्झौताको बेवास्ता गरेको भन्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले आज एक विज्ञप्ति जारी गर्दै साे सहमति कार्यान्वयन गर्न ४८ घण्टे अल्टिमेटम दिँदै अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

संघका अध्यक्ष जन्मदेव जैसीले पीडिकाे न्याय प्राप्तिका लागि भएको सहमति र छानवीन समितिकाे न्यायीक प्रतिवेदन यथासक्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । जारी विज्ञप्तिमा भनिएकाे छ “सहमति बमोजिम न्याय दिने विषयमा महानगर उदासीन हुनु निन्दनीय छ, यदि आइतबारसम्म पनि न्यायीक प्रक्रिया नटुङग्याएकाे खण्डमा महानगरकाे प्रशासनमा घेराउसहितका आन्दोलन गरिने छ ।”

यस्ताे विज्ञप्तिकाे पूर्ण पाठ:

मितिः २०८१÷०१÷१४

 

प्रेस विज्ञप्ति

उपरोक्त सम्बन्धमा काठमाण्डौ महानगर प्रहरीले गत ०८० फागुन १६ गते सुन्धारामा सडक व्यापारीमाथि भएको धरपडकको रिपोर्टिङ गरिरहँदा निर्घात कुटपिट गरी गम्भीर घाइते बनाइएका पत्रकार पदमप्रसाद पोखरेलको सामाना फिर्ता, उपचार खर्च दिने र घटनाको छानविन गर्न अध्ययन समिति बनाई न्याय दिलाउने सम्झौता भएको डेढ महिना वितिसक्दा पनि कायान्वयन नभएकोमा हाम्रो संगठनको गम्भीर ध्यानार्कषण भएको छ ।
दुईसाताको संयमतापछि पनि कुनै सुनुवाइ नभएपछि फागुन २९ गतेदेखि चैत्र ४ गतेसम्म मेयर बालेन शाहको कार्यकक्ष अगाडि राष्टिय सभागृहमा रिले अनसनको दबाबबाट घुँटा टेक्न बाध्य भई महानगर प्रशासनले गत चैत्र ४ गते सम्झौता गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन प्रमुख दीपक अधिकारीसहित महानगर प्रहरी प्रमुख राजु पाण्डेलगायतको हस्ताक्षरमा हाम्रो संगठनसँग घाइते पत्रकार पोख्रेललाई न्याय दिलाउने विषयमा सो समहति भएको यतिका दिन वितिसक्दा पनि कार्यान्वयन नहुनुमा महानगर प्रशासनको गैरजिम्मेवारीपन र अन्य केही बाह्य शक्तिको चलखेल मूख्य कारक बनेको हाम्रो ठहर छ ।
अतः पत्रकार र मिडिया संस्था विस्थापन गरेर महानगर प्रशासनले आफूलाई संविधानको प्रस्तावनाविपरित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी निकायको रुपमा उभ्याएको छ । यस खालको रवैयाका विरुद्ध र पत्रकार पोख्रेलको न्यायका लागि सहमति लागु गर्न दवाव दिने उद्देश्यले आगामी बैशाख १६ गते आइतवार दिउँसो २ बजे महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षअगाडि धर्ना दिने कार्यक्रम तय गरेका छौं । त्यसअघि नै महानगरले सहमति कार्यान्वयन गरोस् भनेर ४८ घण्टाको अल्टिमेटम दिएका छौं । आशा छ, सहमति कार्यान्वयनका लागि पहल हुनेछ । अन्यथा पत्रकार पोख्रेललगायत समग्र पे्रस स्वतन्त्रताका लागि जारी हाम्रो अभियानमा साथ समर्थनसहित सक्रिय सहभागिता जनाइदिनु हुन राष्ट्रिय अन्तराष्ट्रिय पत्रकार संघ संगठन तथा नागरिक अधिकारका संस्थाहरुलाई यसैपत्र मार्फत हार्दिक अपिल गर्दछौं ।

 

…………………..
जन्मदेव जैसी
अध्यक्ष

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation