घट्यो धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिशन)

१ जेठ, काठमाडौँ 

नेपाल धितोपत्र बोर्डले आजदेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिशन) घटाएको छ। अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिशन घटाइएको बोर्डले जनाएको छ।

“धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलालीवापत लिनसक्ने सेवा शुल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागू हुने निर्णय भएको छ”, बोर्डले भनेको छ।

यसअघि ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ।

५० हजार रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शुल्क रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ।

बोर्डका अनुसार ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शुल्क लाग्दै आएको त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ।

२० लाख रुपैयाँभन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ।

१ करोड रुपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा  शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation