प्रधानमन्त्रीको सम्पत्ति विवरण: ५ तोला सुन, २५ लाख नगद र एउटा घर

प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको छ। जसलाई पैतृक स्रोतबाट प्राप्त गरेको उल्लेख छ। सांसदको हैसियतमा प्राप्त तलब भत्ता बापत २५ लाख रुपैयाँ एभरेष्ट बैंकमा मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

त्यसैगरी जग्गा भने १५ कट्ठा भएको उल्लेख गरिएको छ। चितवनको भरतपुर महानगरपालिकामा वडा नम्बर १४ मा १४ कट्ठा जमिनमा पार्किङसहितको घर र वडा नम्बर १२ मा एक कट्ठा जग्गा रहेको उल्लेख छ। दुवै घरजग्गा पत्नी सिता दाहालको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation