आईपीएल: राजस्थान विरुद्ध हार बेहोर्दै बाहिरियो आरसिबि

फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानविरुद्ध ४ विकेटले पराजित हुँदै आरसीबी बाहिरिएको हो।

आरसीबी दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो। राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए। यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहल-क्याडमोरले २० रन बनाए।

आरसीबी लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, करन शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो। आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि आउँदो भोलि खेल्नेछ। हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation