बास्केटबल टोली आज चीन जाने

छैटौँ एसियाली विश्वविद्यालय ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ।

यही जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन मनीष केसी (कप्तान), निकेश राखाल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाह चीन जान लागेका हुन्।  प्रशिक्षक  सुशील गुरुङ त्यसतर्फ जाने छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले बिदाइ गरे।

यसअघि चीनकै युनानमा गत वैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो। कप्तान मनीष र निकेश टोलीमा थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation