मनकारीहरु मिलेर बनाइदिए विपन्नकाे घरबास

आर्थिक रुपमा अत्यन्तै विपन्न अवस्थामा रहेका टुहुरा बालबालिकाकाे लागि स्थानीय समाजसेवीहरुकाे आर्थिक सहयोगमा घर (बास) निर्माणमा गरिएको छ ।

प्युठानकाे गाैमुखी गाउँपालिका ५ खुङमा त्यस वडाका अध्यक्ष बरुणध्वज मल्ल, रवि चन्द, अर्जुन बिस्ट, सन्ताेष कुंवर लगायतका सहयोगी अभियन्ताहरुकाे पहलमा झण्डै साढे ३ लाख नगद आर्थिक संकलन गरी विपन्नकाे घर निर्माण गरिएको वडाध्यक्ष वरुणध्वज मल्लले जनाएका छन् ।

समाजमा हुने हरेक आपतवितत, प्राकृतिक प्रकाेप लगायतका घटनामा सदैव सहयोगीकाे भुमिका खेल्दै आएका उल्लेखित मनकारी युवाहरु मिलेर साे परिवारकाे घर निर्माण गरिएको हाे ।

ज्यालामजदुरी गरेर घरपरिवार चलाउँदै आएकी ३० वर्षीया बिजुला पाण्डे बिककाे अकस्मात् मृत्यु भएपछि उनका १२ वर्षीय छाेरा नविन पाण्डे र ६ वर्षीया छाेरी नविना पाण्डे सहाराबिहिन बन्न पुगेका थिए । निजका बुबा वसन्त पाण्डेकाे कमाइ र बचतकाे मेसाे नहुँदा परिवार सानाे बुकुराेमा बस्दै आएकाे थियाे ।

परिवारकाे आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि सबै सहयोगी मनहरु मिलेर घर निर्माण गरिएको, १ लाख बच्चाबच्चिकाे खाता खाेलेर मुद्दति खातामा राखिदिने र बाँकी ५० हजार जति निजहरुकाे चल्ति खातामा राख्ने याेजना रहेकाे स्थानीय समाजसेवी रबि चन्दले बताए ।

देशविदेशमा रहनुहुने मनकारी सहयोगी दाताहरुकाे पहलमा अहिलेसम्म झण्डै साढे ३ लाख नगद जम्मा भइसकेको र केही रकम उठ्न बाँकी रहेकाे उनले प्राणमञ्चलाई बताए ।

वडा अध्यक्ष वरुणध्वज मल्लका अनुसार घर निर्माणमा २ लाख २७ हजार तीन सय पचास खर्च भएको छ भने १ लाख २२ हजार तीन सय नब्बे बचत रहेकाे छ । घर सँगै चर्पि निर्माणकाे काम पनि अगाडि बढिरहेको मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation