शैक्षिक संघर्षका पानाहरु पल्टाउँदा…………

गरिबीमा बितेको बालापनले जीवन परिपक्व हुन्छ । जीवन संघर्षशील हो, जीवन गतिशील हो । जब मनुष्यले यस धर्तीमा जन्म लिन्छ त्यहिबांट शुरुहुन्छ उसको जीवनचक्र । जीवनका अनेक उतारचढाव उल्टो–सुल्टो, भिर–पहरा, पाखा–पखेरा, कुना–कन्दरा पार गर्दै जीवनको आरोह र अवरोहहरुसँग पौडीवाजी खेल्दै निरन्तर अगाडी बढिरहेको हुन्छ जीवन । जबसम्म उ जीवित रहन्छ तब जीवनको अन्तिम पलसम्म समाजलाई केहि न केहि दिन चाहन्छ । जीवनमा जे–जति उपलब्धि हासिल गरेता पनि पहिलो प्राथमिकता जीवित रहनु नै हुन्छ । जीवन जीवित राख्नुको निमित्त उ पृथ्वीको धरातलमा भौतारिंदै धर्तीको कुना–कुनामा दौडिरहेको हुन्छ । जस्तोसुकै विकराल परिस्थितिमा पनि उसलाई हातमुख नजोरी सुखै हुंदैन । यो जीवनयापन गर्ने अनिवार्य प्रक्रिया पनि हो ।

जीवनको त्यस्तै कहालीलाग्दो परिस्थितिमा अर्घाखाँची तीनपिप्लेबाट पिता नैनसिंह रायमाझी ५ जनाको परिवार लिएर प्युठानकोे झिमरुक गाउँपालिका वाड नं. ५ जाइखोर खहरे बस्तीको सल्लेरिघारी छेवैमा बस्नुभएको रहेछ ।
दोश्रो बिबाहपछि हामी ५ जनाको जन्मलगत्तै पिता नैनसिंह रायमाझीको स्वर्गारोहण भएको अवस्थामा बालबच्चा हुर्काउने र शिक्षा–दिक्षा दिने आमा पुतला रायमाझीको जिम्मेवारी भयो । काहालिलाग्दो आर्थिक संकट सामना गर्ने क्रममा सबै बालबच्चा शिक्षाबाट बञ्चित हुनुप¥यो । म कान्छी फुपुको संरक्षणमा हुर्कंदै ठाउँ–ठाउँ चाहार्दै हासिल गरेको शैक्षिक खुड्किलासँग संघर्ष गर्दै जिल्लाका विभिन्न चकटे पाठशालामा अध्ययन गर्दाका शैक्षिक संस्मरणको छोटो संगालो बालशिक्षा माध्यमिक विद्यालयसँग जोडियो । जहाँ आफ्नो परिश्रमसहित विद्यालयले आर्थिक उन्नतिको लागि चालेका शैक्षिक अगुवाहरुको निर्देशनमा संस्थालाई सक्दो भौतिक सहयोग गर्दै शिक्षा हासिल गरेको थिएँ । अतः शैक्षिक अगुवाहरुको योगदानको स्मरण गर्दै यो शैक्षिक संस्मरण उजागर गर्ने जमर्को गरेको छँु ।
झिमरुक गाउँपालिकामा बालविकास ५०, निजी विद्यालय १०, प्राथमिक विद्यालय ६ र माध्यमिक विद्यालय १० गरी जम्मा ७६ वटा विद्यालयहरु रहेका छन् ।

प्युठानमा नारीकोट, भित्रिकोट, माडीखोला, उदयपुरकोट, कालाशेष र वाइसखुवा गरि ६ थुम थिए । हाम्रो गाउँ ओखरकोट–नारीकोट थुममा पर्दथ्यो । बालशिक्षा मावि शुरुमा सञ्चालन गर्दाको कहालीलाग्दो आर्थिक संकटका बावजुद संघर्ष गर्दै स्वयमसेवक, शिक्षक र गुरु नरबहादुर क्षेत्रीले आफ्नो रचनामा भनेजस्तै कोदो, मकै जस्ता खाद्यान्न तलब लिएर सञ्चालित थियो । नयाँ शिक्षा लागू हुँदा पहिलेका शिक्षकहरुको विद्यालय हालसम्म ऋणी छ । बालशिक्षा माविको हाल स्थिर पुँजी २ सय १३ रोपनी छ । भौतिक पुर्वाधार भवन, फर्निचर, खानेपानी लगाएत शैक्षिक सामग्री प्रयाप्त छन् । यसको आन्तरिक कोष पनि १ करोड हाराहारीमा रहेको देखिन्छ ।

जब म अँगारले पोतिएको कालोपाटीमा रेखाङ्कित पार्ने चिउरे ढुङ्गाको खरी गोजीमा राखेर पाठशाला गएँ । कापी, कलम, किताब, मसी बजारमा नै नभएजस्तो लाग्छ । गोडामा लगाउने चप्पल थिएन । लाज ढाक्ने कट्टु थिएन । भोटाको फेरले लाज ढाक्थें । पाठशाला भवन थिएन । मकैको पोक्सरबाट आमाले तयार पारेको चकटी खोकिलामुनि च्यापी पाठशाला जान्थें । खुलाचौर, बेलघारी, पाटीपौवा, ठाँटी, खालीघरका दलान, चौतारा, पिपलको छहारीको सहारा लिएर पाठशाला एदाकदा सञ्चालित थिए । गुरु धिर्जमान श्रेष्ठसँग क, ख, अ, आ का सावा अक्षर श्रीगणेशायें गरें ।
श्रद्धेय गुरु धिर्जमान श्रेष्ठ जसले मलाई घरै गएर पाठशालासम्म पु¥याई कक–नन गर्न सिकाउनु भयो । उहाँलाई म जीवित रहुञ्जेल स्मरण गरिरहने छुं । गुरुलाई १ माना चामल र ५० पैसा मासिक शुल्क तिर्नुपर्दथ्यो । त्यो सबै आमाले कहाँबाट जुटाउनुहुन्थ्यो याद भएन । शिक्षा लिने चेलाहरु ६÷७ जना थियौँ ।
चुलोचौको र मेलापातको घेरा तोडेर छोरीवेटीले पढेभने बिग्रन्छ भन्ने जस्ता रुढीवादी सामाजिक परिवेशमा समाजले दिदी लक्ष्मीलाई पठनपाठनमा मात्र रोक लगाएन कि साँवा अक्षरसम्म चिन्ने अवसर दिएन । यद्यपि उहाँले मेरो समग्र विकासमा निकै महत्वपूर्ण योगदान दिनुभयो ।

गौमुखीबाट अविरल बगिरहने झिमरुक नदी र गुल्मीको मुलपानी मुलबाट बगिरहेके रेगाड खोलाको संगमस्थल मच्छीकोे बेलघारी र डुम्रीरुखमा सुन्दर बहादुर जीसीले निर्माण गरेको काठैकाठको सुन्दर पौवामा ८÷९ जनाले पढ्यौं । धर्मको खातिर निर्माण गरिएको त्यस पौवामा हाटबजार बुटवल जाने आउने हटारुहरु वास बस्ने गर्दथे । त्यस समयमा प्युठानमा धेरै ठाँटीपौवाहरु पूर्वजहरुले निर्माण गरेको देखिन्छ । जस्तै सयमुरेठाँटी, बाङ्गेफेदीठाँटी, खड्करेठाँटी, पुरनठाँटी, चुँजाठाँटी, ढुङ्गेठाँटी, घुम्नेठाँटी, मच्छीठाँटी, मुलुकबहादुरले निर्माण गरेको डाँणाठाँटी, आहालखोला झिमरुक दोभानको विरौटामा इन्सिंङ् खड्काले निर्माण गरेको ठाँटी, दहखोला चुंदरी खोलाको संगमस्थल मजुवाठाँटी, झिमरुक किनारमा रहेको थापडाँडा फेदीको ठाँटी, पखरचौरठाँटी, सालठाँटी, जयठाँटी आदि चर्चित ठाँटी हुन् । त्यस्तै अर्घाखाँची बल्कोटमा पौवा राणाकालमा निर्माण भएको कलायुक्त पौवा आजसम्म छ ।

पाल्पाको रिडिमा रहेको दत्तेपौवा पनि प्रसिद्ध पौवा हो । स्मरण रहोसः उक्त ठाँटी तथा पौवाहरु सामान ढुवानी गर्ने समयमा बास बस्नको लागि र दाहसंस्कार गर्दा ओतलाग्ने, लास राख्नका लागि प्रयोग गर्ने गरेको पूर्वजहरुको सामाजिक सेवाभावको रुपमा प्रष्ट देखिन्छ । अधिकांश चकटे पाठशाला तिनै ठाँटी पौवामा सञ्चालित थिए । हिउदको समयमा जब घरमा काम हुंदैनथ्यो त्यसै समयमा ४ महिना पढ्ने गथ्र्यौं भने बाँकी ८ महिना घरायसी काम गर्ने, डण्डीवियो(लारी) खेल्ने, ग्वालापात जाने, चारी खेल्ने गथ्र्यौं । पुन अर्को सिजन पाठशाला जाँदा पहिलो वर्ष सिकेका सावा अक्षर भूलिसकेको जस्तो लाग्छ ।
मैले केहि समय गुरु भक्तिराम उपाध्यायसँग पनि पढें । हुराना–बाँस्टारी र चुँधारा टोलको बिचभागमा दुई गाउँका केटाटी खेल्ने, भैंसी चराउने, पोखरीमा पौडि खेल्ने, तिजको मेलामा व्रतालु महिलाहरुलाई चर्खेपिङ् खेलाउन प्राथमिकता दिइन्थ्यो । सुन्दर चौर पिपल बगैंचा भन्दा पनि फरक नपर्ने पखरचौरमा १०–१२ जनाले पढ्यौं ।

स्मरण रहोस्ः गुरुलाई सम्झना गर्ने तरिका गुरु ठाँटीमा बसेपछि हामी शिष्यहरु ति पिपलहरुको परिक्रमा गरि को चाँडै आएर गुरुलाई ढोग गर्ने प्रतिस्पर्धा गथ्र्यौं । मैले कहिले दोश्रो र कहिले तेश्रो स्थान पाउँथें । गुरुको स्याबासी पनि स्विकार्थें । नाजुक आर्थिक अवस्था भएर हो वा एकल महिलाको बच्चा भएर हो मलाई राम्रै गर्नुहुन्थ्यो । शुल्क ५० पैसा मात्र लिनुहुन्थ्यो । उहाँबाट बाङगा्टिङ्गा अक्षर लेख्ने र अंक सिक्थें । दुर्गा कवच, चण्डी पढाउनुहुन्थ्यो । नपढाएर हो वा केहोे मलाई भने दुर्गा कबच सिकाउनुभएन । त्यहि पखरचौरको चकटे पाठशाला नै अहिलेको सिद्धेश्वरी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको जग हो ।
अर्को वर्ष बाङ्गेमरोठको गोलखाडामा एकजना सामाजिक अगुवाको दलानमा पढें । गुरु गुल्मी मरभुङ्का बच्चु अर्याल हुनुहुन्थ्यो । उहाँको मावली परिवार धनाढ्य भएकाले बस्नेखाने समस्या नभएर हो वा मेरो आर्थिक अवस्थाको जानकारी भएर हो मेरो मासिक शुल्क लिनुभएन । त्यहाँ पढ्ने १२–१४ जना थियौं । पुजाबाट रोषबहादुर, खोडसबहादुर, ओखरकोटबाट म, ढुण्डीराज, हिराबहादुर, जनक रोका र बाँकि बाङ्गेमरोठकै हुनुहुन्थ्यो । त्यसै चकटे पाठशालाको प्रारम्भिक अवस्थामा शुरु भएको हालको लक्ष्मी माद्यमिक विद्यालय सञ्चालनमा छ ।

अर्को हिउँदे सिजनमा तोरबाङ्को निन्यूखर्कमा पढें जहाँ अहिले बालसुधार प्रावि सञ्चालनमा छ । उक्त पाठशाला खुला चउरमा सञ्चालित थियो । घुम्नेठाँटी झिमरुक नदिको वारिपारि मनमोहक खेती योग्य फाँट र त्यहाँ झिमरुक नदिले बनाएको अति रमणीय मनमोहक रह छ । त्यही ठाउँमा लोकबहादुर खत्री क्षेत्रीले काठैकाठको अति सुन्दर ठाँटी निर्माण गरेको हुनाले घुम्नेबाट त्यसठाउँको नाम घुम्नेठाँटी भएको हुनुपर्छ । उक्त ठाँटीमा हटारुहरु बास बस्ने गर्दथे । ठाँटीको दक्षिणी पाखो पाहारपाखा विष्ट टोलमा सञ्चालित चकटे पाठशालामा ओखरकोटबाट हिराबहादुर, शोभबहादुर, म, अर्गलीबाट बलबहादुर, चिसाबाङ्बाट हरिबहादुर पोख्रेल, चिन्तामणी उपाध्याय लगाएत १२–१४ जनाले पढ्थ्यौं । गुरु विजुवार टारीका कृष्णप्रसाद सुवेदी हुनुहुन्थ्यो । शुल्क भने कति तिरियो याद आएन ।

पिताको निधनपछि आमाले मलाई मरन्ठाना पिपलारुख भाञ्जी दिदीको घर पठाउनुभयो । त्यहाँको मासिक शुल्क समेत भाञ्जी दिदीले नै बुझाउनुहुन्थ्यो । चुँदरीखोला र दहखोलाको संगमस्थल मजुवा वारिपारी रमणीय गाउँबस्ती भएको फराकिलो ठाउँको दुइखोलाको संगमस्थलको माथि सानो डाँडोमा एउटा काठैकाठले बनेको ठाँटी थियो । त्यसै ठाँटीमा भारतीय आर्मीबाट रिटायर्ड हवलदार धिर्जबहादुर भण्डारीले पाँच÷ सात वर्षको पढाइ जाँच गरी कक्षा २ मा भर्ना गर्नुभयो । जहाँ अहिले बालविद्या माद्यमिक विद्यलाय सञ्चालनमा छ । नजानेका १२ खरी, दुना–अंक लगाएत अंग्रेजी अल्फावेट, जोड, घटाउ जस्ता हिसाव सिक्नथालें । सिकाइ पनि लगातार १० महिना नै हुन थाल्यो । सिजनेवल चकटे पाठशालाबाट सुरु भई नियमित सिकाइ हुने बालविद्या प्राइमरी विद्यालयमा पुगें ।

मैले डेरा गरी बसेको घर निकै रमाइलो थियो । पुजाका सम्शेर केसी, रजवाराका त्रिविक्रम मल्ल, ३ जना साना भाञ्जा, माइला भाञ्जा हरी र म समेत ७ जना बालविद्यालय मजुवामा जान्थ्यौं । अरु ३ जना भाञ्जाहरु र फुपुका छोरा ठाकुरसिंह जनता माद्यमिक विद्यालय बाग्दुलामा जानुहुन्थ्यो । हामी दश बाह्र जनाभने एउटै घरमा बस्थ्यौं, एउटै भान्सामा खान्थ्यौं, झगडा गथ्र्यौं, लड्थ्यौं, पिटापिट गथ्र्यौं, रुन्थ्यौं, रिपोर्ट गथ्र्यौं । साइला भान्ज लिलबहादुरले लाइन लगाएर सजायं दिने, मेलमिलाप गराउने, ठुलालाई सम्मान सानोलाई प्यार गर्ने जस्ता वकिलको काम गर्नुहुन्थ्यो । छिमेकी लेखराज, बलभद्र, कमल, लोकबहादुर, केसब लगाएत सबै त्यँिह जम्मा हुन्थ्यौं ।
पूर्वपश्चिम लमतन्नै पसारिएको ओखरकोट डाँडाको मध्यभाग हिरापोखरीमा शैक्षिक अगुवा अग्रज मोहनविक्रम सिंह, सिद्धिमान जी.सी. र जगतबहादुर जी.सी.को अग्रसरतामा २००९ सालमा बालशिक्षा प्राथमिक विद्यालय स्थापना भयो ।

अब भने म बालशिक्षा प्रावि ओखरकोट कक्षा २ मा भर्ना भएं । एसएलसी उत्तिर्ण शिक्षक पाउनु विरलै मानिन्थ्यो । मोहन विक्रम सिंहले अरेन्द्रराज आजाद नाम गरेका म्याट्रिक पास गरेका शिक्षक ल्याएपछि विद्यालयको रौनक बढ्यो । शिक्षाप्रेमीको अग्रसरतामा भवन निर्माण भयो । विद्यार्थी संख्या पनि उल्लेखनीय भयो । त्यहाँ ठण्डी हुनाले दुइमहिने बिदामा पाँच छ वर्षको मिहनत खेर जान्छकि भन्ने सोंचले म फेरी २ महिनाको लागि मजुवा मरन्ठाना गएँ । गुरु धिर्जबहादुर भण्डारीले मौखिक परीक्षा लिई कक्षा ३ मा भर्ना गर्नुभयो । १ वर्ष मजुवा पढेपछि कक्षा ४ मा जनता मावि बाग्दुला पुगें । झिमरुक नदिको दुबै किनारमा ठुलठुला फाँट भएको बैसाख महिनामा रोपाहि हुने अति मनमोहक उर्वरभूमि,रानीकुलो,डहरेकुलो,कुटीचौर कुलो जस्ता ठुलठुला कुलाहरुले सिंचित फाँटहरु अविरल वगिरहने झिमरुक नदिको किनारमा ठुलो आँपको बगैंचामा अवस्थित बाग्दुला जिल्लाकै मध्यभागमा त्यसक्षेत्रका अग्रज शिक्षाप्रेमी अगुवाहरुको अग्रसरतामा मुक्ति हाइस्कुलबाट केहि फर्निचर समेत ल्याइ जन्मेको जनता माद्यमिक विद्यालयमा अध्ययन गर्नथालें । हाइस्कुलमा धेरै शिक्षक, धेरै साथीहरु भएको ठाउँमा कुल्चीन पाउँदा मेरा खुट्टा भने ठाउँमा थिएनन् । आमा पनि निकै खुसि हुनुहुन्थ्यो ।

मुक्ति मावि रातामाटाबाट विभाजित भै जनता मावि बाग्दुलामा धेरै साथी शिक्षक कक्षा १० सम्म पढ्न पाइने हुँदा म निकै खुसी थिएँ । एकजना देवकीनन्दन तीवारी धोति लगाउने शिक्षक थिए । उनि हिन्दी बोल्दथे । त्यसको लगत्तै मुख्यनाथ तिवारीलाई त्यहाँका शैक्षिक अग्रजहरुले ल्याए । उनी पनि धोति नै लगाउँथे र पान खाने गर्दथे । यो मेरा लागि नौलो विषय थियो । कतिपय अभिभावकहरु उनलाई धोतीवाला भनेर खिसिट्युरी गर्दथे तर त्यहाँका सामाजिक अगुवा टंकेश्वर पण्डित जो बुढो कांग्रेसले परिचित थिए । उनले धोतिवाल शिक्षक नभत्र अनुरोध गर्थे । आफ्नो पिरियड खाली हुँदा गिरीबहादुर केसी, रामचन्द्र थापा, कौसलराज सुवेदीहरु हामी तल्लो कक्षाका विद्यार्थीहरुलाई सिकाउँथे । त्यसैवर्ष बाग्दुला गाउँमा आगलागि भयो । तीनदिन सम्म रानीकुलाबाट पानी बोकेर शिक्षक विद्यार्थीले आपतकालिन उद्धारको लागि सहयोग गर्यौं । त्यसैबेलादेखि मलाई सामाजिक काम गर्नुपर्ने प्रेरणा जाग्यो ।

पानी बोक्ने क्रममा नानीबावु पण्डित र शशिधर पण्डितले निकै हौसला दिनुहुन्थ्यो । विद्यालय टहरा निर्माणको निमित्त टिकुरी, पुण्यखोलाबाट बाँस बोक्ने, गिठेचौर जंगलबाट काठ बोक्ने कार्यमा पनि हामी विद्यार्थीहरुबाट भयो । गुरु रामप्रसादजीले ५ जनाको टीममा मलाई अगुवा बनाई पुण्यखोलाबाट बाँस ल्याउन पठाएको संझना छ । त्यसैक्रममा पुण्यखोलामा एकजना अभिभावकले मेरो घरायसी सबै विवरण बुझेपश्चात मलाई उहाँकै घरमा बसी एसएलसीसम्म पढाउने सल्लाह माग्नुभयो । मैले स्वीकारिन ऐले संझदा खड्का परिवार जस्तो लाग्छ किनकि हामीहरुले बाँस त्यहीनेरको ठाडो खोल्सीबाट लिएका थियौं । जहाँ अहिले नेपाली सेनाको टुकडी बसेको छ ।

जिल्लाका नेता मोहनविक्रम सिंह, अनिरुद्र शर्माको नेतृत्वमा झिमरुक वारिपारिका सामाजिक शैक्षिक अगुवा हेमराज शर्मा, श्यामबहादुर थापा, रुमबहादुर पाण्डे, गोरखबहादुर सिंह, पूर्णबहादुर केसी, सिद्धिमान केसी, नानीबावु पण्डित, गोविन्द बहादुर केसी, आदिको विशेष सहभागितामा त्यस क्षेत्रका शिक्षाप्रेमि, आमजनता, शिक्षक, विद्यार्थीले विद्यालयको भौतिक संरचना निर्माणको निमित्त भरमग्दुर आर्थिक, भौतिक सहयोग गरेका थिए । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले शैक्षिक क्षेत्रमा मुर्तरुप लिएको थियो । सामाजिक तथा शैक्षिक अगुवाहरु विभिन्न पार्टीमा आबद्ध भएता पनि विद्यालय विकासमा निर्विबाद एकजुट थिए ।
४ बजे विदाको घण्टी टिनीनी बज्दा जमात टिकुरी,पुण्ड्यखोला,सारिबाङ्,माझकोट, दम्ती,कुटिचौर तिर ग्रुपकाग्रुप लाग्थ्यो । म भने गाडापारिको ग्रुपमा पर्थे । धयें, चुधरिखोला,गुरिगाउँ,मरन्ठानाको एक ग्रुप हुन्थ्यो । फाँटको बिचभागमा सडक थियो । धान रोप्ने समयमा निकै रमाइलो हुन्थ्यो । रोपार्नी, हली÷बाउसे सबै हिलो खेल्ने चलन थियो । म भने हुलाकिको साइड लाग्थे र हिलोबाट बच्थें । हुलाकी घंटी झुण्डाएको लठ्ठि समाएर हल्लाउँदै हिड्ने हुँदा सहजै आम जनताले चिन्थे र बाटो छाडिदिन्थे । हिलो खेल्दैनथे ।

विजुवारका कौशलराज सुवेदी अंग्रेजी पढ्नका लागि जनता माविमा आएका थिए । उनले कक्षा १० मा पढ्दै गर्दा तल्लो कक्षामा पढाउँथे । पढाइमा उत्कृष्टनै थिए । उनलाई साइला भान्ज लिलबहादुरले आफुहरुलाई पनि सिकाइमा मद्धत हुने र हामी तल्लो कक्षामा पढ्ने,झगडा गर्ने भातेलाई तहलगाउन लिएर आउनु भयो । नाटक देखाउँदा जोक्करको भूमिका कुशलतापूर्वक निर्वाह गर्थे जसको कारण अभिभावकहरु उनलाई निकै मनपराउने गर्थे किनकि त्यसबेला नाटकको निकै महत्व थियो । पुण्यखोलाको टाकुराचौरको शिशुकल्याण प्राथमिक विद्यालयमा कौशलराजले सत्यवादी हरिश्चन्द्रको नाटक प्रदर्शन गरेको सम्झना आउँछ । उनको छुट्टै भान्सा थियो, चुलो मैले जलाइदिन्थें तर कसौंडी भने आफै बसाल्थे । एकदिन लुकामारी खेल्ने क्रममा माइलाभान्ज हरिले कसौडी चुलाबाटै निकाल्नुभएछ, मैले बसालीदिएं । यो सबै उनले देखेपछि दुवैजना सजायंको भागिदार भयौं । अब यसो नगर्ने र कसैलाई नभन्ने शर्तमा मिल्यौँ । अर्कोदिन कुरो बाहिर आयो । तर पछि त हामी सबैको एउटै भान्छा भयो ।

अब हाम्रै भान्सामा खान थाले । चामल मिच्ने र चुलो जलाउने कामबाट मैले छुट पाएं । समूह–समूह बनाई राम्रैसँग पढाईरहेका थिए । चुरोट बढी पिउथें । संयोग ठुलाभान्जहरु नभएको समयमा गाउँमा काँक्रो लिन पठाए अनि काँक्रो धेरै ल्याएकोमा गाली र काँक्रोसँगै खायौं । अर्कोदिन विद्यालयबाट फर्कदा काइला भान्ज कृष्णबहादु जि.सी.ले गाड तराउनु भएको रहेछ । किनकि नदीमा पुल नभएको अवस्थाले गाड (नदी) तराउनुपर्ने अति नै संवेदनशील अवस्थामा थियो । अब यस्तो नगर्ने र गर्न नलगाउने भन्दै साइलाभान्जले भन्नुभयो, ‘भो काइला छाडिदे बाहुनका छोरा हुन्, पढाई राम्रै छ ,केटाकेटीको पढाइमा प्रगति भएकै छ, पिताले गाईखाने विद्या पढिस भनेर घरबाट निकालीदिए । अब यस्तो गल्ती गर्दैनन्’ भनि यसो दुइचार पटक उठबस गराई हाम्रै ग्रुपमा घर फर्कियौं । म घरमा गएको बेला छुटेका पाठ पढाउथे किनकि मलाई अलि नजिकबाट हेर्थे । हाल उहाँ हामीमाझ हुनुहुन्न । एउटै विद्यालयमा पढ्ने साथी भएपनि उहाँलाई म गुरु नै माने र म जीवित रहुञ्जेल उहाँले दिएको शिक्षणवापत उहाँलाई स्मरण गरीरहने छँु ।
ओखरकोटको शैक्षिक रौनकले मलाई फेरी बालशिक्षा प्राविमा आमाले पकाएको गुन्द्रुक–ँिढडो खाएर विद्यालय जाने अवसर मिल्यो । घरायसी कृषिकाममा पौठेजोरी खेल्दै आमालाई सघाउँदै साथीभाइसँग हातेमालो गर्दै १५ सय मिटर उचाइमा रहेको हिरापोखरी उक्लन थालें । हाम्रो पाएकबाट दश बाह्रजना थियौं । वालीविसौना पुग्दा मच्छी,अर्गली,कौछे,खहरेतिरका गरी १६÷१७ जना हुन्थ्यौं भने घना दलित वस्ती भएको गाउँमा एकजना मात्र भूमिबहादुर वि.क. विद्यालयमा आउँथे । केहि वर्ष शिक्षक नरबहादुर क्षेत्रीले पनि उकाली–ओरालीमा साथ दिनुभयो । हिरापोखरीबाट दक्षिणतर्फबाट हेर्दा साउन,भदौ महिनामा बग्ने नेवारे खोला, बाङ्गेखोला, कौछेखोला, चुदरीखोलाका झरनाहरुले अतिमनमोहक र रमणीय झरनाहरु सेताम्मै बगेको देख्न पाइन्थ्यो हिरापोखरीबाट । ंयस विद्यालयमा अध्ययनरत भारतीय भूपू सैनिकका बालबच्चालाई सोल्जरवोर्ड भन्ने संस्थाले रु ८ सय आर्थिक सहयोग गथ्र्यो । म पनि भुपु सैनिकको बच्चा भएको नाताले मासिक शुल्कबाट मुक्त भएँ । मेरी आमालाई ठुलै राहत मिल्यो । अब भने जनता मावि बाग्दुलामा विद्यालयलाई आवश्यक भौतिक सहयोग गर्दै आएको विद्यालयप्रति लगाव स्मरण गर्दै माध्यमिक तहसम्म अध्ययन गर्ने अवसर प्राप्त भयो ।

नेकपाका नेता मोहनविक्रम सिंह, सिद्धिमान जीसी, जगत बहादुर जीसीको नेतृत्वमा प्रअ नरबहादुर क्षेत्री,भक्तिराम उपाध्याय,बेगमबहादुर जीसी, खिमविक्रम जीसी, चिन्तामणी उपाध्याय,पूर्णविक्रम जीसी, थानेश्वर उपाध्याय, ललितबहादुर जीसी,सिद्धिमान खड्का, तोरणबहादुर महतारा,नोजबहादुर महतारा, खगुलाल गुरुङ्, भैरबहादुर जीसि, देवीराम भट्टराइृ, हिमलाल जैसी, ईश्वरबहादुर जीसी, नन्दलाल गुरुङ्, यदु गिरी लगाएतको ६÷७ गाउँका अग्रजहरुको भेलाले विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर वृद्धि,भौतिक पूर्वाधारको लागि रु ५० हजारको अखण्ड भिक्षा चन्दा आन्दोलनलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय एकमतले ग¥यो । जसमा म पनि आफै अभिभावक भएको हुनाले दिएको जिम्मेवारी पुरा गर्ने गरेको थिएँ ।

म यहाँ शिक्षाप्रेमी तथा सामाजिक अगुवा यदु गिरीको स्मरण गर्न चाहान्छु । एकजना फिरन्ते योगी जीवित रहनका लागि घरदैलो चाहार्दै तुसारा आइपुगेछन् । शिक्षाप्रेमी समाजसेवी यदुगिरीको सक्रियतामा ती योगीलाई जिउनेपखरा आफ्नै घरमा बसाली भेषमान,खड्गबहादुर,ठाकुर गिरी,डेगमान खड्का लगाएत पाँच छ जनालाई चकटे पाठशालामा कक–नन गराएका रहेछन् । आज त्यहाँ सत्य मावि सञ्चालित छ । तिनै योगीबाट आयुर्वेदिक औषधि अग्रज यदुगिरीले सिक्नुभएको रहेछ । उहाँ शिक्षा क्षेत्रमा मात्र नभएर समाजसेवामा पनि कार्य गर्दै आउनु भएको थियो । आयुर्वेदिक औषधिको पनि ज्ञाता हुनुहुन्थ्यो । उहाँले म विरामी भइ बाटोमा पडिरहेको अवस्थामा औषधिउपचार गरी शिक्षाको महत्वबारे जानकारी दिदैं मलाई मच्छीसम्म पु¥याइदिनु भएको थियो । आर्य समाजको जिल्ला संयोजक भई समाज सेवा गर्ने गर्नुहुन्थ्यो साथै आर्य समाजको ऐनाको रुपमा समाजमा देखापरेका विकृतिको विरोध गरेवापत राज्यसंचालकले जेलजीवन पनि विताउनु भएको थियो । मेरा लागि पारिवारिक अभिभावकीय भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई बारम्बार स्मरण गर्न चाहान्छु ।
शिक्षक,विद्यार्थी,अभिभावकहरुको विभिन्न क्षेत्रमा विभिन्न टोली गठन गरेर अभियानकै रुपमा चन्दा आन्दोलन शुरु गर्ने भेलामा प्रअ,शिक्षक नरबहादुर क्षेत्रीले एउटा रचना प्रस्तुत गर्नुभएको थियो ।

चल्यो लहर अखण्ड भिक्षाको ५० हजार लक्षलाई लिएर,
कोदो,मकै,धान पाथी शिक्षकको तलब ।
मुठी–मुठी उठाएर मिडिलसम्म अब ।।
वल्लो गाउँ, पल्लो गाउँ एकजुट भई ।
दानदाताले जेजे दिन्छ खुसीसाथ लिई ।।
चल्यो लहर अखण्ड भिक्षाको पचार हजार लक्षलाई ।
यस रचनाले भेलालाई निकै रौनक दियो । शिक्षक नरबहादुर क्षेत्री,देवीराम भट्टराई र लेटर विक्रम चन्दा आन्दोलनमा इन्डियातर्फ लाग्नुभयो । ज्ञान बहादुर जि.सी.,निमानसिंह जि.सी.,कृष्णप्रसाद भट्टराई र म सौतामारेतर्फ कोदो र मकै संकलनका लागि लाग्यौं । ओखरकोट गाउँपञ्चायतमा मुष्टिदान अभियान सुरु गरियो । स्थायी आर्थिक अवस्था कायम गर्नका लागि क्षेत्रफलको आधारमा रोपनीमा शुल्क लगाइयो । शिक्षक,अभिभावक र विद्यार्थी सम्मिलित समूह बनाई विद्यालयले हरेक वर्ष भैलो अभियान चलाउने कार्यको शुरुवात ग¥यो । २०१७ सालमा राजा महेन्द्रको देशको पश्चिम भ्रमणको समयमा पिटि प्रदर्शन गरेबापत रु १ हजार विद्यालयले प्राप्त ग¥यो । पिटि मास्टर शिक्षकको रुपमा खिमानसिंह गुरुङ्ग हुनुहुन्थ्यो । त्यो समुहमा म लगाएत २०÷२२ जना समावेश भएका थियौं । अखण्ड भिक्षाको खातिर छैटी महोत्सब पनि विद्यालयले सञ्चालन ग¥यो । जसमा ढुण्डीराज,तोरबहादुर,डण्डबहादुर,रणसिंह,भीमप्रसाद,शिक्षक नरबहादुर र विश्वनाथ पाठकको छैंटी महोत्सवको विशेष महत्वपूर्ण भूमिका रह्यो भने म चाँहि सहयोगीको रुपमा रहेँ । विद्यालयमा पार्टीको कार्यक्रम हुँदा,जनमानस भेलाहुंदा,विद्यालयले चिया पसल पनि राख्ने काम ग¥यो । बोका पाठा ,परेवा,कुखुराको भोग खादैं ध्वजापताका,बाजागाजा सहित मानिसका काँधमा चढी हिड्ने ढुङ्गाको सिला घुमन्तेदेवीको समूहमा जम्मा भएको रु १७ र चानचुन पैसापनि अखण्ड मिथ्यामै सम्मिलित भयो । घुमन्तेदेवीको अन्धविश्वासलाई चिर्न विश्वनाथ पाठक,तोरबहादुर र म लगाएत १५÷१६ जना थियौं । घुमन्ते देवीको छोटो रचना बालशिक्षा माध्यमिक विद्यालय कै सेरोफेरोमा प्रकाशित हुँदैछ । उक्त टोलीले घुमन्तेदेवीको बारेमा देखा परेको अन्धविश्वासको चिरफार गरेता पनि देवीको ढुङ्गाको शीला बोक्ने कुलबहादुर पुजारीले अर्कोदिन उक्तशिला लिई बाङ्गेमरोठको साविकको वार्ड नं.३ चौरमा आकाशे देवीको नाम दिई पुजा गर्दै दोश्रो पुस्तासम्म आएको छ ।

अखण्ड भिक्षा आन्दोलनले विद्यालयको आर्थिक अवस्था मजवुत पा¥यो । विद्यालयको शैक्षिक गुणस्तर,भौतिकपूर्वाधार,छात्रावासको निर्माण,विषयगत शिक्षकको समेत अभाव नखड्केपछि सतप्रतिशत नतिजा निस्कन थाल्यो । जिल्लाको मध्येभाग क्वाडी,खैरा,खलङ्गा,मरन्ठाना लगाएत छिमेकि जिल्ला अर्घाखाँची र गुल्मीका समेत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति भयो । पूर्वपश्चिम राजमार्गको नक्सा रेखाङ्कन्को समयमा कक्षा ८ मा पढ्दै गर्दा रणसिंह जि.सी.ले तयार गरेको रेखाङ्कन नक्साले अधिराज्यको तेश्रो स्थानको मेडल प्राप्त ग¥यो । देवकोटा स्मारक पुरस्कार अन्तरगत सञ्चालित साहित्य पुरस्कारको मेडल केशरबहादुर जि.सी.ले प्राप्त गर्नुभयो । यो सबै ओखरकोट भित्रका चकटे विद्यालयहरुको एकतापूर्ण संघर्षशील जीवनको उपज हो । अग्रजहरुले सञ्चालन गरेको देवकोटा स्मारक साहित्यिक पुरस्कार यथावत सञ्चालन गरिदिनुहुन बालशिक्षा माध्यमिक विद्यालयलाई अनुरोध गर्दछँु । यो पुरस्कारको श्रेय मोहनविक्रमलाई नै जान्छ । विद्यालय आँगनमा लामबद्ध भएर गुरु दधिराम शास्त्री समेत धेरैजना साथीहरुले दक्षिणी भेग बाङ्गमरोठ,चौके,मम्दले,हुराना,
बाँस्टारी,चुँधारा गाउँको मनोरम दृश्य अवलोकन गर्दैगर्दा संभावित पर्यटकीय क्षेत्र भूल्केमुल,भूल्केओडार,भूल्केगुफा जहाँ हाल बडेमेला सामुदायिक वनको प्रस्तावमा शिबजीको मन्दिर स्थापना गरिएको छ । शिवजीको मन्दिर नजिकै खिमविक्रम घर्तिक्षेत्रीले ५२ झ्याले दरवार विक्रम सम्बत् १९९७–९८ सालतिर राणाहरुको विरुद्धमा निर्माण गरेको हुनुपर्दछ । किनभने ५२ झ्याले दरवार बनाउन त्यसबेला सर्वसाधारणलाई बन्देज थियो । हाल उक्त दरवार पर्यटकको रोजाइमा पर्दै आएको छ । चमेरे दुला,फौजरे ओडार,कुसुण्डे ओडार,धर्केपहरा,पखरचौर सम्मको चर्चा भयो । पर्यटनको सिलसिलामा गुरु दधिराम शास्त्रीले स्वर्गद्वारी पर्यटन क्षेत्रको विशेष वर्णन गर्नुभयो । भिमार्जुन जी,ढुण्डीराज र मैले स्वर्गद्वारी जाने निर्णय लियौं । मच्छीबाट झिमरुक नदीको किनारैकिनार मनोरम फाँटहरुको अवलोकन गर्दै क्वाडीबाट आर्नेटा उक्लियौं । बर्जीबाङ्, सारी हुंदै माण्डवी नदिको झोलङ्गे पुल पार गरि भिंग्री पुग्यौं । झिमरुक र माण्डवी नदिको तुलना गर्दा माण्डवी नदिको वारिपारिको गाउँबस्ती सुक्खा थियो किनकि माण्डवी नदि निकै गहिराइमा बगिरहेको छ । अब भिंग्रीबाट नाकै ठोक्किने उक्लनुपर्ने ढाडै उकालो उक्लदै धरमपानी पुग्यौं । जहाँ राम्रै मिठो चिसो पानी पियौं । अबभने सल्लेरीघारी राताम्मै फुलेको लालिगुंरासको मनोरम दृश्यको बिचबाट सानो गोरेटो बाटो स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै साँझ स्वर्गद्वरी आश्रम स्थल पुग्यौं ।

स्वर्गद्वारी आश्रम पहाडको टाकुरामा अहेर,गुराँस,काफल,बाज,खर्सुका विभिन्न प्रजातिका लालिगुँरास र विभिन्न प्रजातीको जंगलको बिचमा सानो मैदानमा अवस्थित रहेछ । आश्रम सञ्चालकहरुसँग भएको परिचय पश्चात विद्यार्थीहरुको यो पहिलो यात्रा भन्दै आश्रम व्यवस्थापनले राम्रै स्वागत गरे । धर्मशालामा रात बितायौं । बिहान हाम्रो लागि एकजना पथप्रदर्शक मिल्यो जसले हामीलाई स्वर्गद्वारी महाप्रभुले सञ्चालन गरेको अखण्ड होमयज्ञ अवलोकन ग¥यौं साथै एकाहा पुराण स्थल,रुद्री,लघुरुद्री स्थल,जोगीकुटी,गुफा,गौशाला , धर्मशाला,विश्राम कक्ष,रायोको साग,आलु उत्पादन,कृषि क्षेत्र,प्रसाद ग्रहणकक्ष,दान पेटीका,संस्कृत पाठशाला,राताम्मै पाकेका काफल बगैंचा सबै पथप्रदर्शकद्वारा अवलोकन गर्ने अवसर प्राप्त ग¥यौं ।

स्वर्गद्वारीमा पानीको निकै हाहाकार रहेछ । स्वर्गद्वारी आश्रमदेखि करिब आधा घण्टाको दुरिमा ठाडै ओरालो झरेपछि सानो खोल्सीमा ३ वटा धाराहरु रहेछन् । उक्त धारामा स्नान ग¥यौं । गौशालाबाट छुटेका भिरमा अल्झिएर रहेका बाच्छीको उद्धार ग¥यौें,पानी लियौं । आश्रमबाट प्राप्त सिधालाई भिमार्जुनले धोती फेरेर छात्राबासमा भान्सा तयार गर्नुभयो । आफुलाई चाहिनेजति राखेर पकाएको ताउलीसँगै ढुण्डीराज र ढुण्डीराजले ताउलीसँगै मलाई दिनुभयो । मैले पनि मलाई चाहिने जति राखेर ढुण्डीराजलाई दिएं । अब भने ढुण्डीराजको जातै जाने भयो किनकि म क्षेत्री ढुण्डीराजजी जैशी । भिमार्जुनजीको दृष्टि कता थियो कुत्रि उहाँले देख्नुभएन । हामी असल्जी असल्जी हाँस्यौं उहाँभने रिसाउनुभयो । हामी धर्मसंकटमा प¥यौं । रहस्य खोलौं ढुण्डीराजजीको जातै जान,े नखोलौं भने उहाँ निकै रिसाउनुभयो । अब भिङ्ग्री झरेपछि मात्र विस्तारै मेरो सुराकीबाट बोलचाल खुल्यो । गुरु दधिराम शास्त्रीको स्वर्गद्वारी वर्णनबाट अधिराज्यमा प्रशिद्ध स्वर्गद्वारी प्रभु महाराज आश्रमको भ्रमण सम्पन्न ग¥यौं ।

आर्थिक भारको समस्याले गर्दा म भारततर्फ लागें फर्केपछि भने पुनः भिमार्जुनजी र हरिप्रसादसँगै विद्यालयमा भर्ना भइ अध्ययन शुरु गरें । उमेरले डाँडो काटिसकेको हुँदा एकैसाथ भर्नाको महसुस ग¥यौं । २०२३ सालमा एसएलसी परीक्षा दिइ विद्यालयलाई आवश्यक पर्दा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै माध्यमिक तहको शिक्षा हाँसिल गरी विद्यालयबाट विदा लिएं । त्यसपछि म कताकता भौंतारियं केके गरें भनेर लेखेर साध्यनै छैन । एउटा लामो युग त्यसैत्यसै बितेर गयो । २०६३ सालमा यस विद्यालयलाई +२ को ग्रेडबृद्धि गर्दा पुनः सेवा गर्ने अवसर पाएं । २०६३ सालमा आइपुग्दा समाजको शैक्षिक स्तर निकै माथि उठिसकेको जस्तो अनुभूति हुन्छ । अखण्ड भिक्षा आन्दोलनको जस्तो आर्थिक समस्याले पीडित समाज जस्तो लागेन । सबै शिक्षाप्रेमीहरुले खुसिसाथ आर्थिक सहयोग गरेको स्मरण गराउँछु । जीवनको उत्तरार्धमा शैक्षिक सम्झनामार्फत जनता मावि बाग्दुला र बालशिक्षा मावि ओखरकोटमा गरेको छोटामोटा भौतिक सहयोग र सम्बन्धित विद्यालयमा शिक्षाप्रेमी अग्रजहरुले गरेको योगदानको उल्लेखनीय यात्रा यसै अतितका संझना मार्फत पाठकहरु समक्ष पस्केको छुं । राम्रा कामगर्ने व्यक्तिहरु प्रति निष्ठापूर्वक ग्रहण गरी सोहीबमोजिम समाजलाई परिवर्तन गराउने एक संवाहकको रुपमा विद्यालय सदैव तत्पर रहिरहोस् ।

शैक्षिक आन्दोलनकै क्रममा चकटे पाठशालाबाट आजको सम्पन्न अवस्थासम्म पु¥याउने हाम्रा शिक्षाप्रेमी अग्रजहरु २÷४ जनाबाहेक अरु हाम्रो माझ हुनुहुन्न । उहाँहरुको अथक संघर्षबाट विद्यालयले धेरै शैक्षिक जनशक्ति उत्पादन गरेको छ, गरिरहने छ । शिक्षक नरबहादुुर क्षेत्री र विश्वनाथ पाठक यस विद्यालयका लगनशिल इमान्दार,कर्तव्यनिष्ठ शिक्षादाताका रुपमा परिचित हुनुहुन्छ । उहाँहरु नरहेपनि स्मृति बाँकि नै छ, रहिरहने छ । उहाँहरुको कदर गर्दै विद्यालयले निरन्तर सम्झीरहने छ । ओखरकोट हिरापोखरीमा पानीको अभावले गर्दा विद्यालय २०२४ सालमा मच्छीमा स्थानान्तरण भयो । उक्त हिरापोखरीमा ललितबहादुर घर्तिक्षेत्रीको सकृयतामा चकटे पाठशाला सञ्चालन थियो । गुरु भोटमान जि.सी.ले र कुटे डाँडोमा मुलुकबहादुरको सकृयतामा सत्तलसिंह जि.सी.ले ८÷१० जना केटाकेटीलाई कक–नन गराउनुहुन्थ्यो । त्य्सैको विकास बालशिक्षा माविसम्म भएको र खानेपानीको समस्याले गर्दा विद्यालय मच्छीमा स्थानान्तरण भएपछि त्यसै ठाउँमा नेराप्रावि सञ्चालित हुँदै त्यहाँका शिक्षाप्रेमी,जनसमुदायले हाल प्रस्तावित मावि सञ्चालन गरिरहेको छन् ।
विद्यालय मच्छी स्थानान्तरण भएपछि सो नयाँ ठाउँमा खानेपानी, भवन निर्माण जस्ता विद्यालयका लागि आवश्यक पर्ने पूर्वाधारको विकासमा भक्तिराम उपाध्याय र बेगमबहादुर जि.सी.को योगदान टड्कारो रुपमा देखा पर्न थाल्यो । गुरु भक्तिराम उपाध्याय जसले मलाई पखरचौरमा कखरा सिकाउनु भयो उहाँले यस विद्यालयमा लामो अवधिभरसम्म निरन्तर सेवा गर्नुभयो उक्त सेवा यतिसम्म थियो कि विद्यालयमा पानीको निकै चर्को अभावलाई मध्येनजर गर्दै उहाँको पहलमा उहाँकै बारीबाट बाँस काटेर बाँसको डुड बनाई टाँडापोखरीनिर अवस्थित टुनिका रुखबाट पानी ल्याई विद्यालयमा सहज पिउने पानी र भवन निर्माणमा चाहिने आवश्यक पानीकोे व्यवस्थाका भयो ।

उहाँ पञ्चायतकालीन समयमा यस ओखरकोट गाउँपञ्चायतको प्रधानपञ्च जस्तो उच्च राजनैतिक नेतृत्व समेत सम्हाली सक्नुभएको व्यक्तित्व भएकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदमा समेत रहि केवल विद्यालयको मात्र नभई सिंगो गाउँको नै एक कुशल र सक्षम रहि काम गर्नुभयो ।
उहाँ आफ्नो स्वर्गारोहण हुनुभन्दा करिब दुइवर्ष अगाडीसम्म निकै सक्रिय रुपमा रहि समाज र विद्यालयको निस्वार्थ भावले सेवा गरिरहनुभयो । उहाँको यसखालको उच्च सामाजिक व्यक्तित्वलाई कायमै राख्ने उद्देश्यका साथ उहाँका ६ भाइ छोराहरुबाट विद्यालयमा अध्ययन गर्न आउने असहाय तथा गरिब एवं जेहन्दार विद्यार्थीका निमित्त भक्तिराम अक्षयकोष समेत खडा गरी बुवाले समाज तथा विद्यालय प्रति देखाउनु भएको सेवाभावप्रति उक्त अक्षयकोष स्थापनाले विद्यालयलाई सदैव स्मरण गराउने खालका कामको थालनी गरि सिङ्गो समाजलाई नै शिक्षाक्षेत्रमा सहजै र निस्वार्थ भावनाका साथ लाग्न प्रेरणा प्रदान गर्ने उहाँको सन्तति प्रति पनि विद्यालय आभारी छ । समय परिवर्तनशील छ समाजको अगुवाई गर्ने पात्रहरु फेरिनसक्ने भएकाले आफ्ना सन्ततिबाट प्रदान गरिएका राम्रा र उल्लेखनीय कामबाट सिको गरी सिंगो समाज र विद्यालयले राम्राकाम गर्ने व्यक्तिहरु प्रति निष्ठापुर्वक ग्रहण गरी सोहि बमोजिम समाजलाई परिवर्तन गराउने एक संवाहकको रुपमा विद्यालय सदैव तत्पर रहिरहोस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation