प्युठान-काठमाडौं एसी बस सेवा सञ्चालन

१९ असार, प्युठान

प्युठान देखि काठमाण्डौंका लागि एसी बस सञ्चालनमा आएको छ।

नमस्ते प्यूठान यातायात सेवा प्रालिले प्यूठान देखि काठमाण्डौका लागि एसी बस सेवा सञ्चालन गरेको हो।

झण्डै तीन दशकदेखि प्युठान-काठमाडौं गाडी चलेपनि यात्रुहरुले स्तरीय सेवा नपाएको गुनासाे छ । अब एसी बससँगै गुणस्तरीय सेवा दिने र प्युठानको यातायात सेवालाई नयाँ उचाइ प्रदान गरिने नमस्ते प्युठान यातायात प्रालिका अध्यक्ष लिलापसिंह केसीले प्राणमञ्चसँग बताए ।

नमस्ते प्यूठान यातायात सेवा प्रालि प्यूठानले पहिलो चरणमा ३ वटा एसी बस सेवा मार्फत सेवा दिन लागेको बताएकाे छ ।

विट सेवाका सञ्चालक टंक थापा, प्युठान नगरपालिका वडा नम्बर ८ का पुर्व वडाध्यक्ष समेत रहेका व्यवसायी लिलापसिंह केसी र दिपेन्द्र बहादुर कुंवरले गाडी प्युठानमा भित्र्याइसकेकाे र केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेकाे समितिका महासचिव मुकेश थापाले जानकारी दिए ।

यातायात र यात्रुको सुबिधालाई मध्यनजर गर्दै प्युठान देखि काठमाण्डौ सम्म अब देखि नमस्ते प्यूठान यातायात सेवा प्रालि प्यूठानले पहिलो चरणमा ३ वटा महाप्रभु एसी सस्पेन्सन बस सेवा मार्फत सेवा दिन लागेको थापाले जानकारी दिए ।

एसी बसमा अब प्युठानबाट काठमाडौं रु २ हजारमा पुगिने छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation