सुत्केरी बोक्दै धरमपानीका स्वास्थ्यकर्मीहरु

तस्बिर स्रोत -राम प्रसाद पोख्रेल 

२४ असार, प्युठान

प्युठानको मल्लरानी -३ चुँजाठाटी स्थित धरमपानी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीको टोलीले एकजना सुत्केरी महिलालाई बोकेर उनको घरसम्म पुर्याईदिएका छन ।

पूर्वी प्युठानकाे एक मात्र स्वास्थ्य संस्था धरमपानी स्वास्थ्य चौकिका कर्मचारीहरुको टिमले एक सुत्केरी महिलाला जीबा बिकलाई संस्था देखि बाेकेर निजको घरसम्म पुर्‍याएका हुन् ।

२२ गते साँझ ८ बजे आमासँग हिडेर अस्पताल पुगेकी जीबा बि.क. ले स्वास्थ्यकर्मी काे सहयाेगमा २३ गते बिहान १० बजे छाेरीलाई जन्म दिएकी थिइन्।

एकातिर गाउँमा युवाहरूको अभाव अर्कोतिर १८ गतेदेखि लगातार परेको झरीका कारण उनलाई घरसम्म पुर्याउनको लागि कोहिपनी सहयोगी नभएको हुँदा स्वास्थ्य संंस्थाका कर्मचारीको टोलिले उनलाई घरसम्म पुराएको स्वास्थ्य चौकिका प्रमुख टुकारामा पोख्रेलले जानकारी दिए।

आमा र बच्चाको उपचार पछि स्वास्थ्य संस्थाले घर जान सल्लाह दियाे तर न उनी आफै हिडेर जान सक्थिन न उनलाई घरसम्म बाेकेर लैजाने सहयाेगी साथमा थिए। भर्खर मल्लरानी -२ स्यालाबाट बसाइँसराइ गरि ऐरावती -६ अन्तरगत बिजुली काल्ने बस्दै आएकी जीबालाई स्वास्थ्य चाैकी प्रमुख, अहेव,अनमी,ल्याव असिस्टेन्ट लगायत कार्यालय सहयाेगी सबै कर्मचारी मिलेर २ किमिकाे दुरीमा रहेको उनको घरसम्म बाेकेर पुर्‍याएको पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation