बाघले आक्रमण गर्दा तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाउँकी ५३ वर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन्।

केसीको दुवै हातमा  सामान्य चोट लागेको छ, त्यस्तै सीताको  ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation