यी स्थानमा आज भारी वर्षाको सम्भावना

२५ असार, काठमाडौं

केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना रहेको विभागका जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation