जिल्ला स्तरीय हाजिरी जवाफकाे उपाधि सत्य माविलाई

२७ असर,प्युठान

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको आयोजनमा जिल्लाका माध्यमिक तहको जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत जुम्रीमा साे हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

जिल्लाका १० वटा विद्यालय सहभागि प्रतियोगितामा सत्य मा.वि. झिमरुक गाउँपालिका–७ तुषाराले प्रथम स्थान हासिल गरेको छ । भानुभक्त मा.वि. मल्लरानी –३ बर्बोट द्धितिय,जनता मा.वि.प्यूठान नगरपालिका–८ बाग्दुला तृतिय र क्षेत्रविकास मा.वि. प्यूठाननगरपालिका –७ पुन्यखोलाले सान्त्वना स्थान हासिल गरेको छ।

संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेल, जिल्ला बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, संस्थाका पूर्व अध्यक्ष लोक बहादुर बस्नेत, सल्लाहकार गुमान राज पुलामी, लगायतकाे सहभागीतामा कार्यक्रम भएको हाे ।

विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले ध्यान दिनुपर्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले हाजिरीजवाफ जस्ता यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको क्षमता विकासमा सहयोग पुग्ने बताए ।

संस्थाले हरेक वर्ष न्यूनतम दुईवटा सामाजिक कार्यक्रम गर्ने गरेको जस अनुसार विद्यार्थीहरुमा अतिरिक्त ज्ञानको विकास गराउन तथा सहकारी सम्वन्धी ज्ञान अभिवृद्धि गर्न हाजिरीजबाफ प्रतियोगिता आयोजना गरिएको संस्थाका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. ७३३३, द्धितियलाई ६०००,
तृतियलाई ४६६६ र सान्त्वनालाई २६६६ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation