दक्षिण एसियाली कराते प्रतियोगितामा ३१ स्वर्णसहित नेपाल च्याम्पियन

४ साउन, काठमाडौँ

भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली  कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित टिम च्याम्पियन भएको छ

भारत २७ स्वर्ण, २० रजत र १३ कास्यसहित टिम दोस्रो, श्रीलंका ५ स्वर्ण, १८ रजत र ३१ कांस्यसहित टिम तेस्रो, आयोजक भुटान ५ रजत र ३७ कांस्यसहित चौथो भएको थियो ।

प्रतियोगिताको अन्तिम दिन नेपाललाई पुरुष क्याडेटतर्फ ५२ केजीमुनि समन श्रेष्ठ, ६३ केजीमुनि साहिल राई, जुनियरतर्फ ६८ केजीमुनि निशान तामाङ, यू–२१ तर्फ ८४ केजीमुनि गौरव नेपाल, ८४ केजीमाथि आशिष श्रेष्ठले स्वर्ण जितेका थिए ।

सिनियरतर्फ ५५ केजीमा एलोन श्रेष्ठ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

महिलातर्फ क्याडेटको ४२ केजीमुनि वर्षा राई, ४७ केजीमुनि प्रोसिया चौधरी, ६१ केजीमुनि मनीषाकुमारी बोहरा, जुनियर ४२ केजीमुनि सुस्मिता वाईवा, ५३ केजीमुनि समीक्षा ढुंगाना, यू–२१ तर्फ ४५ केजीमुनि प्रियन्का शाही, ५० केजीमुनि अन्जली महर्जन र ५५ केजीमुनि जिया कार्कीले स्वर्ण जिते

महिला सिनियरतर्फ ४५ केजीमुनि वर्षा बुढामगर, ६१ केजीमुनि निरुपा तामाङ र ६८ केजीमाथि एरिका गुरुङले स्वर्ण जितेका थिए ।

महिलाकै टिम कुमितेमा नेपालले पहिलो पायो । पुरुषतर्फ टिम कुमितेमा दोस्रो भयो ।

विजेता खेलाडीलाई भुटानका राजकुमार जिगेल उग्येन वाङचुक, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, भुटान कराते महासंघका अध्यक्ष दावा ल्हामु, नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation