आज नेपाल र रसियाबीच मैत्रीपूर्ण भलिबल खेल हुँदै

काभा महिला नेसन्स लिगको तयारीस्वरूप नेपाल र रसियाबीच आइतबार  पहिलो मैत्रीपूर्ण  भलिबल खेल हुने भएको छ।

नेपालस्थित रसियाली दूतावासको विशेष सहयोगमा पहिल पटक रसियाली टोलीसँग मैत्रीपूर्ण खेल हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

संघले शनिबार पत्रकार सम्मेलन गरी नेपाल र रसियाली टोलीबीचको मैत्रीपूर्ण खेल साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने जानकारी दिएको हो।  मैत्रीपूर्ण खेलका लागि रसियाली टोली काठमाडौं आइसकेको छ।

अरुणा शाहीको कप्तानीमा नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ । जगदीश भट्टको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीमा यसपटक २ नयाँ खेलाडीलाई अवसर दिइएको छ। सुमित्रा रेग्मी र आरती सुवेदीले पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्।

पत्रकार सम्मेलनमा नेपालकी कप्तान अरुणा शाहीले शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो रसियासँगको खेलबाटै धेरै अनुभव सिक्ने अवसर मिल्ने बताए। टोलीका प्रशिक्षक जगदीश भट्टले बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि ‘टेक्निक’ सिक्ने अवसर मिल्ने बताए ।

काठमाडौंमै हुने काभा महिला नेसन्स लिगको तयारी स्वरूप यो खेल हुन लागेको हो। दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुने छ।

आगामी  साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा हुने लिगमा नेपालसहित  इरान, भारत, श्रीलंका र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation