त्रिविमा फेरि दोहोरियो प्रश्न पत्र

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरेको परीक्षामा फेरि हुबहु प्रश्नपत्र दोहोरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको नेपाली विषयको स्नातकोत्तर पहिलो सेमेष्टरको ‘संस्कृत काव्यशास्त्र’को प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो।

नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डीन कार्यालयलाई दिएको थियो। डीन कार्यालयले पुरानो प्रश्नपत्र प्रिन्ट गर्‍यो। त्रिविले यो विषयमा छानबिन गर्ने तयारी गरेको जनाएको छ।

त्रिविमा यसैगरी पटक पटक प्रश्नपत्र हुबहु दोहोरिदै आएको छ। २०७९ जेठ १८ गते (त्रिवि) को मानविकी संकायको अर्थशास्त्र विषयको स्नातकोत्तर तह तेस्रो सेमेष्टरको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरन्याशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो।

त्यसैगरी २०७९ असार २२ गते व्यवस्थापन संकायको बिबिए छैटौँ सेमेष्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन बिहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि-बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation