अखिल(क्रान्तिकारी)प्युठानको सबै पालिका सम्मेलन सम्पन्न 

१९ साउन,प्युठान।अखिल (क्रान्तिकारी) प्युठानको पालिकास्तरीय सम्मेलन सबै पालिकामा सम्पन्न भएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्युठानले “असल शिक्षाका लागी अभियान ” मुल नाराको साथ जिल्लामा रहेका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकाको पालिकास्तरीय सम्मेलन साउन १७ गतेसम्म सबैमा सम्पन्न गरिसकेको अखिल (क्रान्तिकारी) प्युठानका सचिव गिरबहादुर बिक(जोन)ले जानकारी दिनुभयो।पालिका सम्मेलन सम्पन्न गरेसंगै यहि भदौ १ गते जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको बिकले बताउनुभयो।

पालिका सम्मेलनका लागि केन्द्रिय सदस्य एवं जिल्लाका पदाधिकारीहरु खटाइएको थियो।दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानिय तह रहेको प्युठान जिल्लामा अखिल क्रान्तिकारीले साउन १७ गतेसम्ममा सबै पालिका सम्मेलन सम्पन्न गरेको जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।

प्युठान नगरपालिकामा सिता भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय नगर समिति निर्वाचित भएका छन्।स्वर्गद्वारी नगरपालिकामा सिम्रन शर्माको अध्यक्षतामा ३९ सदस्यीय नगर समिति,माण्डवि गाउँपालिकामा जुना सुनारको अध्यक्षतामा ४९ सदस्यीय गाउँ समिति,सरुमारानी गाउँपालिकामा हरी घर्ती मगरको अध्यक्षतामा ४९ सदस्यीय गाउँ समिति,एरावती गाउँपालिकामा दुर्गबहादुर विश्वकर्माको अध्यक्षतामा ३९ सदस्यीय गाउँ समिति,झिमरुक गाउँपालिकामा सन्दिप केसीको अध्यक्षतामा ४५ सदस्यीय गाउँ समिति, गौमुखी गाउँपालिकामा सुबास पुरीको अध्यक्षतामा ४५ सदस्यीय गाउँ समिति, नौबहिनी गाउँपालिकामा किरण गिरीको अध्यक्षतामा ४५ सदस्यीय गाउँ समिति र मल्लरानी गाउँपालिकामा वर्षा केसीको अध्यक्षतामा ४३ सदस्यीय गाउँ समिति सर्वसम्मत निर्वाचित भएका छन्।

“जनताका छोराछोरी सबै अखिल क्रान्तिकारी” भन्ने मूल नारालाई आत्मसात गर्दै प्युठान जिल्लाका विद्यार्थी संगठनहरुमध्ये अखिल क्रान्तिकारी अग्र पंक्तिमा देखिएको जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले जिकिर गर्नुभयो।जिल्लामा रहेका ७५ वटा माध्यमिक विद्यालय,५ वटा क्याम्पस र ९ स्थानीय तहमा अखिल क्रान्तिकारीको समिति निर्माण गरी सडकबाटै शैक्षिक मुद्दाहरुमा आवाज बुलन्द बनाउदै आईरहेको विश्वकर्माले बताउनुभयो।उहाले भन्नुभयो “हामी निरन्तर शैक्षिक र सामजिक सेवामा जोडिएर विद्यार्थीको हकहितका निम्ति लडिरहेका छौं ।”

आगामी भदौ १ गते हुन् गईरहेको २१ औँ जिल्ला सम्मेलनको तयारीमा सम्पूर्ण टिम परिचालन भएको अखिल क्रान्तिकारी प्युठानले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation