गाजाका दुई विद्यालयमा आक्रमण, ३० जनाको मृत्यु

इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग गरिरहेको थियो’, सेनाले विज्ञप्तिमा भनेको छ।

यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ। यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब १५० जना मारिएका छन् ।

‘हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विस्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, धेरै घाइते पनि भएका छन्’, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने। मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन्। उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेष्टिनीलाई विद्यालयले आवास प्रदान गरिरहेको बताए।

नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार गाजाको अर्को स्कुल परिसरमा इजरायली सेनाले यस्तै आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ।

इजरायली सेनाले बारम्बार हमासलाई कमाण्ड र कन्ट्रोल सेन्टरका रूपमा वा आफ्ना कमान्डर र लडाकूहरूलाई लुकाउनका लागि नागरिक सुविधा प्रयोग गरेको आरोप लगाउँदै आएको छ। यसलाई प्यालेष्टिनी पक्षले अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation