काभा भलिबल लिग: भारतसँग श्रीलंका ३-० ले पराजित

२१ साउन, काठमाडौँ

भारतले श्रीलंकालाई सहजै पराजित गर्दै काभा महिला नेसन्स लिग भलिबलको अंक तालिकाको शीर्षमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा हराउँदै भारत शीर्ष स्थानमा उक्लिएको हो।

भारतले पहिलो सेट २५–१३ ले सहजै आफ्नो पक्षमा पार्‍यो। निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा भारतले २५–२१ बाट श्रीलंकालाई पराजित गर्‍यो।

तेस्रो सेटमा पनि श्रीलंकामाथि हावी देखिएको भारतले २५–२० ले खेल आफ्नो पक्षमा बनायो। जितसँगै भारत १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

अहिले केही बेरपछि हुने लिग चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै छ।

सेमिफाइनलमा लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation