बचत रकम हिनामिना गर्ने सत्कार सहकारीका तीन पदाधिकारी पक्राउ

काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

सामाखुशीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीनजना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

मोरङ घर भई काठमाडौं बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की पक्राउ परेका हुन्। पुरी सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ।

उनीहरूले आर्कषक ब्याजदर दिने लोभमा सर्वसाधारणलाई रकम बचत गर्न लगाएका थिए। तर जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडित ब्यूरोमा पुगेका हुन्।

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए

सोमबार पक्राउ परेका उनीहरूमाथि आज सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको पनि बोगटीले बताए।

ब्यूरोले सूचना जारी गरी सहकारीबाट ठगीमा परेका अन्य बचतकर्तालाई पनि सम्पर्कमा आएर हिनामिना भएको रकमसहित निवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation