नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।
मृत्युु हुनेमा हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनापछि नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ । सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।