गाैमुखी माविका विद्यार्थी नगदसहित सम्मानित

२३ साउन,प्युठान

प्युठान जिल्लाबाट कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएका गौमुखी माविका छात्र हिमाल गिरीलाई गाउँपालिकाले सम्मान गरेको छ।

गिरी राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को अन्तिम परीक्षामा गौमुखि माविबाट सहभागी भइ ३.६३ जिपिए लिई साधारण धारतर्फ प्युठान जिल्ला प्रथम भएका हुन् ।

विपन्न परिवारमा जन्मेहुर्केका गिरी परिवारले अहिले पनि ज्याला मजदुरी गर्दै आएकाे छ । आज गौमुखी गाउँपालिका प्युठानले रू. १ लाख नगद पुरस्कार सहित सम्मान गरेको विद्यालयका प्रधानाध्यापक माधबराज पोख्रेलले जानकारी दिए ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरी,उपाध्यक्ष महावीर राना र प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पौडेलले सम्मानपत्र र खादा सहित सम्मान गरेका हुन्। बधाई ज्ञापन गर्दै प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पाैडेल विपन्न परिवारमा जन्मिएका विद्यार्थी हिमाल गिरीले जिल्लाकै शिर उँचो पार्नेगरी उत्कृष्ट नतिजा ल्याएकाेमा खुसी व्यक्त गरे । उनले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अङ्क ल्याएर विद्यार्थीले इतिहास रच्न सक्छन् भन्ने गतिलाे उदाहरण भएकाे बताए ।

त्यस्तै पालिका उपाध्यक्ष महाबिर रानाले जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा गौमुखी मा.विको नाम लिन पाउँदा निकै खुशी लागेको बताए । उनले विद्यालयको शानलाई निरन्तर राख्न शिक्षक एवम् विद्यार्थीलाई महेनत गर्न नछोड्न आग्रह गरे । उनले पछिल्लो समय कक्षा १२ पश्चात् उच्च शिक्षा अध्ययनका लागि विदेशीने परम्पराको विषयमा विद्यार्थी गम्भीर हुनुपर्ने  र स्वदेशमै अध्ययन गरेर समाजमा नमुना कार्य गर्न अभिप्रेरित हुनुपर्नेमा जाेड दिए । गौमुखी मा.विमा हाल ७ सय ८५ जना विद्यार्थी अध्ययनरत छन् ।

शैक्षिक क्षेत्रकाे अलावा विभिन्न क्रियाकलापमा  सिर्जनात्मक र रचनात्मक कार्यक्रम गरिरहने गाैमुखी मावि प्यूठानको उत्तरी क्षेत्रकाे लिडर `नेता´विद्यालय पनि हाे । कक्षा १२ बाट २०८० मा कुल १ सय ७० जनाले परीक्षा दिएकामा ६८ जना उतिर्ण भएको विद्यालयका सहायक प्रध्यानाध्यापक जायश्वर जैसीले जानकारी दिए । जैसीका अनुसार विद्यालयमा अनुत्तीर्ण संख्या छैन । बाँकी १ सय २ जनाले पुरक दिन पाउनेछन् ।

जायश्वर जैसीका अनुसार उनी गौमुखी माविका वाणिज्य विषयका नमूना विद्यार्थी हुन्। २०६२ चैत ७ मा खवाङमा जन्मिएका उनले प्रतिकूल आर्थिक अवस्थाका बावजूद पनि अथक मेहनतबाट यो स्थान प्राप्त गरेकामा विद्यालय परिवारसहित व्यक्तिगत रुपमा पनि आफुलाई निकै खुसी लागेकाे जैसीले बताए ।

उनको प्रतिभा विकासमा विद्यालय परिवार निरन्तर लाग्ने प्रधानाध्यापक माधाबराज पाेख्रेलले प्राणमञ्चसँग बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation