आइसीसी विश्वकप लिग टु: क्यानडाको लगातार चौथो हार

४ भदौ, काठमाडौं

आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ।

नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो।

अमेरिकाले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ ओभरमा अल आउट हुँदै २ सय २५ रन मात्र जोड्न सफल भयो। क्यानडाका लागि पर्गत सिंहले ८० बलमा सर्वाधिक ७२, श्रेयस माभ्भाले ९५ बलमा ६८ रन जोडे।

आदित्य भरान्दराजनले २५, ओपनर आरोन जोनसनले १०, कप्तान निकोलस किर्तनले ९ रन जोडे।  अमेरिकाका लागि शाल्डि भान साक्वयले ४, जसदिप सिंह र हरमित सिंहले समान २ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिगेले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७५ रन जोडेको थियो । अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन जोडे। उनले ८४ बलमा ११ चौका प्रहार गरे। आरोन जोन्सले ५३ बलमा ५०, मिलान्ड कुमारले ३० बलमा ४७, स्टेभन टेलरले ७७ बलमा ४६, कप्तान मोनांक पटेलले २६ रन जोडे।

क्यानडाका लागि साद विन जाफरले ३, कलिम सानाले २ र डिलोन हेलिङ्गरले १ विकेट लिए। जितसँगै ८ टोली सहभागी लिग टु मा ४ अंकका साथ अमेरिका पाँचौ स्थानमा उक्लिएको छ।

लिग(२ अन्तर्गत यूएईको पहिलो सिरिजमा पुबुदु दासानायाकेको प्रशिक्षणमा शत प्रतिशत जित निकालेको क्यानडा उनलाई जिम्मवारीबाट मुक्त गरेपछि दोस्रो सिरिजमा भने जितविहिन बन्यो।

क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ। नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ। नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ। शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation