जलवायु परिवर्तनमा निर्लज्ज विश्व – प्राणमञ्च सम्पादकीय

त्यस्तै पाकिस्तानमा तातो हावाकै कारणले यहि वर्ष ५०० जनाले ज्यान गुमाए । अहिलेकै तापक्रम वृद्धि कायम रहिरहेमा सन् २०४० मा अहिलेको तापक्रमको दोब्बर तापक्रम पुग्ने अध्ययनहरूले बताएका छन् ।

विश्वमा जलवायु परिवर्तन एउटा ठूलो चुनौतीका रूपमा देखा परेको छ । क्षेत्रीय एवं वैश्विक रुपमा आणविक हतियारको युद्ध, अव्यस्थित बसोवास तथा विकृत
औद्योगिकरणले अत्यधिक कार्बन उत्सर्जनका कारण पृथ्वीमा दिन प्रतिदिन विभिन्न प्रकारका पर्यावरणीय र मानवीय संकट उत्पन्न भइरहेका छन् । पूँजीवादी विश्वमा चलिरहेको साम्राज्यवादी युद्ध टकरावले कतै तेस्रो विश्व युद्ध निम्तने त होइन ? भन्ने स्थिति सिर्जना भएको छ ।

पछिल्ला तथ्याङकहरु हेर्दा हिमालहरू हिउँविहीन बन्दै छन् । समुद्र तटीय तथा टापुजन्य देशहरू डुबानमा परेका छन् । नेपालकै सोलुखुम्बुको नाम्चे बजारमाथि खोन्दे हिमालको काखमा रहेको खुम्जुङ उपत्यका पनि हिउँविहीन कालो पत्थर बनिसकेको छ । हिउँदमा पानी र हिउँ नपर्दा प्रशस्त मात्रामा आलु, जांै आदिको उत्पादन हुने गरेको हिमाली क्षेत्रमा मुस्किलले २०–३० प्रतिशतमा खुम्चिएको छ । पहाडमा सिंचाइको सुविधा नभएको मौसममा भर पर्नुपर्ने करिब ९० प्रतिशत खेत बाँझिन पुगेका छन् ।

नेपालको पूर्वी भू–भाग झापामा जेठमा ४० डिग्री सेल्सियस तापक्रम पुग्यो भने धनगढीमा ४४ डिग्री तापक्रम पुगेको थियो । तातोपनको असर छिमेकी राष्ट्रहरू बंगलादेश, भुटान, भारत र पाकिस्तान पनि अछुतो रहन सकेका छैनन् । भारतको दिल्लीमा मे २९, २०२४ का दिन ५२.३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । त्यस्तै आन्ध्र प्रदेशमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको थियो भने भारतमा पनि तातो हावाका कारण धेरै मानिसको मृत्यु भइसकेको छ । त्यस्तै पाकिस्तानमा तातो हावाकै कारणले यहि वर्ष ५०० जनाले ज्यान गुमाए । अहिलेकै तापक्रम वृद्धि कायम रहिरहेमा सन् २०४० मा अहिलेको तापक्रमको दोब्बर तापक्रम पुग्ने अध्ययनहरूले बताएका छन् ।

तापक्रम वृद्धिले डढेलोले वन विनाश भइरहेको छ, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको मर्मविपरीत पूर्वाधारहरू तयार गरिँदा ठूलो संख्यामा वन कटानी भइरहेको छ । वनजंगल भएमा जलाधार हुने हो, सोही जलाधारबाट वाष्पीकरण भई पानी पर्ने गर्छ । वनजंगलको यत्रतत्र विनाश भइदिँदा जैविक विविधतामा ठूलो हानि पुगिरहेको छ । बोटबिरुवाको परागसेचनमा मौरीको करिब ६० प्रतिशत र बाँकी अन्य किराको भूमिका रहन्छ । तर, मौरी र अन्य किराको संख्या घटिरहेको पाइन्छ । यसरी पारिस्थितिकीय प्रणाली पनि बिथोलिइरहेको छ ।

शुन्य कार्बन उत्सर्जनमा धनीमानी र गरिब देशहरु सबै मिलेर हातेमालो गरे मात्र यो सुन्दर धरतीको दिगो भविष्य रहला । यसतर्फ समयमै सबैकले ध्यान पू¥याउन जरुरी छ ।

 

यस्ता हानिनोक्सानीको आयतन बढिरहेको अवस्थामा समयमा नै सम्बोधन हुन नसक्दा भोलिका दिनमा भयावह स्थिति नआउला भन्न सकिन्न । आर्थिक सहायता जुटाउने सिलसिलामा पेरिस सम्मेलनमा समुद्रीय तटीय वा टापुजन्य देशहरूका प्रतिनिधिहरू तापक्रम वृद्धि भएकै कारण आफ्नो देशमा भएका हानि–नोक्सानीको लगतसमेत समावेश गर्दै प्रखर रूपमा प्रस्तुत भएका थिए । यसरी विभिन्न देशबाट सहभागी प्रतिनिधिहरूले त्यस्ता देशलाई आर्थिक सहायता बढाउन मन्जुर भई घोषणापत्र तयार गरेका थिए ।

गत वर्ष संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले सोलुखुम्बुको स्याङ्बोचेबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन पश्चात् दुबईमा भएको कोप–२८ मा उनले तापक्रम वृद्धिकै कारण हिमाली देशहरूले भोगिरहेको समस्यालाई आफ्नो वक्तव्यमा समावेश गरेका थिए ।

जलवायु परिवर्तनबाट अनावृष्टि, खण्डवृष्टि र अतिवृष्टि भइरहेको छ । नेपालमा अहिले भारी वर्षाले उच्च पहाडी र मध्य पहाडी क्षेत्रमा बाढी, पहिरो गइरहेको छ भने तराईमा डुबान भइरहेको छ । वर्षातको सुरुयाममै बाढीपहिरोले ठूलो मात्रामा भौतिक तथा मानवीय भयो । पहिरोले दुई यात्रु बसहरू बगाएर त्रिशूलीमा खसेका लामो समय बित्दापनि अवस्था पत्ता लागेको छैन । जोखिमपूर्ण स्थानहरूको पहिचान गरि त्यस्ता स्थानमा बसोबास गर्नेहरूलाई समयमा नै स्थानान्तरण गरिनुपर्छ ।

यी जटिलपरिवेशमा विश्वका सम्पूर्ण पर्यावरणकर्मीहरु एकताबद्ध भएर मानव जातिको सुरक्षाको लागि पृथ्वी जोगाउनको लागि उच्चस्तरीय कार्यक्रम तय गरिनुपर्छ ।
शुन्य कार्बन उत्सर्जनमा धनीमानी र गरिब देशहरु सबै मिलेर हातेमालो गरे मात्र यो सुन्दर धरतीको दिगो भविष्य रहला । यसतर्फ समयमै सबैकले ध्यान पू¥याउन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation