साफ यू–२० च्याम्पियनशिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

९ भदौ, काठमाडौँ

काठमाडौँमा भइरहेको साफ यू-२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतवार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गरेको हो।

नेपालका गोलरक्षक जियारथ शेखले भुटानी खेलाडीले प्रहार गरेका दुई पेनाल्टी गोल हुनबाट जोगाएनन् मात्र पेनाल्टी शुटआउटमा एक गोलसमेत गरे।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनुपरेको थियो।

भुटानका एक खेलाडीले रातो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो।

नेपालले उपाधिका लागि भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation