मोती मावि बरौलामा मोतीराम भट्टको सालिक स्थापना गरिने!

१४ भाद्र प्युठान

मोती माविमा युवाकवि मोतीराम भट्टको  सालिक स्थापना गरिने भएको छ।

प्युठानको ऎरावती गाउँपालिका वडा नं-२ बरौला स्थित श्री मोती माध्यमिक विद्यालयमा युवाकवि भट्टको सालिक स्थापना गर्न जरुरी रहेको भन्दै गाउँपालिका उपाध्यक्ष कृष्ण श्रेष्ठले स्थापनाका निम्ति प्रतिबद्धता गर्नुभएको छ।शुक्रवार  युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्ती समारोहको अवसरमा उपाध्यक्ष श्रेष्ठले सालिक स्थापनाको निम्ति पालिकामा पहल गरि स्थापना गर्नुपर्ने जिम्मेवारी थपिएको बताउनुभएको हो।साथै श्रेष्ठले शैक्षिक क्षेत्रहरु सुधारका निम्ति गाउँपालिका र आफूहरु लागि परिरहेको बताउनुभयो।

साहित्य परिषद् प्युठानकि कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ऎरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं -२ का वडाध्यक्ष भिमेश घर्तीको विशेष आतिथ्यता रहेको थियो।त्यस्तै चन्द्रप्रसाद श्रेष्ठ,तिलकराम पाण्डे,साहित्य परिषद् प्युठानका सल्लाहकार गेहराज गिरी,प्रगतिशिल लेखक संघ प्युठानका अध्यक्ष लिला गिरी,लुम्बिनी वाङ्मय प्रतिस्ठान प्युठानकि अध्यक्ष सानू गुल्मेली,साहित्य क्षेत्रका अग्रज एवम् अनुज व्यक्तिहरु लगायत सोही क्षेत्रका बौद्धिक व्यक्तिहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रमको समापन गर्दै साहित्य परिषद् प्युठानकि कार्यवाहक अध्यक्ष विमला खनालले आतिथ्यताको निम्ति मोती माविका सपरिवारलाई हार्दिकता व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट सालिक स्थापनाको निम्ति प्रतिबद्धता व्यक्त गर्नुभएका उपाध्यक्ष कृष्ण श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो।उहाँले भन्नुभयो “हामी साहित्यको माध्यमबाट नव प्रतिभा उत्पादनको तयारीमा छौं।”

साहित्य परिषद् प्युठान र मोती मावी बरौलाको आयोजना एवम् राप्ती साहित्य परिषद् प्युठान,लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान र प्रगतिशील लेखक संघ प्युठानको संयुक्त आयोजनामा गरिएको उक्त समारोहमा विद्यार्थी एवम् स्रस्ताहरुको रचना वाचन समेत गरिएको थियो।उक्त समारोहको सञ्चालन भने साहित्य परिषद् प्युठानका सचिव ध्रुब गिरीले गर्नुभएको हो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation