विश्वकप लिग-२ को अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

तस्वीर : नेपाल क्रिकेट संघ (क्यान)

१६ भदौ, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको छ।

क्यानडामा हुने विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

श्रीलंकामा रहँदा नेपाली टोलीले श्रीलंका डेभलभमेन्ट टिमसँग ३ ओटा एकदिवसीय अभ्यास खेल खेल्नेछ। नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने क्यानले जनाएको हो।

श्रीलंका भ्रमणका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

सन्दीप लामिछानेसहित केही खेलाडी भोलिमात्र जाने भएका छन्। भिसा प्रक्रियामा रहेकाले लामिछानेसहित केही खेलाडी टोलीसँगै जान नपाएका हुन्।

हेर्नुहोस समय तालिका –

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation