गोर्खाले गर्यो सर्वोत्कृष्ट अङ्क ल्याउने घिमिरेलाई सम्मान

१७ भदौं, घोराही

गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले कक्षा १२ मा देशभरमा सर्वोत्कृष्ट अङ्कका साथ उर्तीण भएका उत्सव घिमिरेलाई सम्मान गरेको छ ।

मंगलबार गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ३.९६ जिपिए प्राप्त गरेका घिमिरेसहित उनका अभिभावक उत्तम राज घिमिरे र हिन्दू घिमिरेलाई फूलमाला, खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख आतिथी डिसीले उत्कृष्ट नतिजा हासिल गर्न सफल घिमिरेलाई बधाई दिँदै सुखद भविष्यको कामना गरिन । विद्यार्थीहरुको लगन तथा मिहेनेतलाई कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्नु विद्यालयको सकारात्क कार्य भएको बताइन । गोरखा स्कुलले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सफलता हात पारेको भन्दै डिसीले स्कुलले सुरु गरेको नैतिकता र संस्कारमा आधारित शिक्षा अभियानको प्रशंसा गरिन।

 

गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीले विद्यार्थी, शिक्षक, अभिभावक सबैको सामुहिक प्रयासबाट स्कुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए। स्कुलले शिक्षालाई शैक्षिक प्रमाणपत्रसँग मात्रै नजोडी संस्कार, सीप र जीवनोपयोगी ज्ञानसँग पनि जोडेको बताए । स्कुलका प्राचार्य मानसिंह जिएमको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शिक्षक एच. एन. पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation