त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

२० भदौ, काठमाडौं

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो।

२०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि पिएचडी तह पूरा गर्नेहरूलाई फाराम त्रिविले भनेको हो।

आवेदन फाराम आजदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ।

असोज २४ गतेदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation