भू-बनाेट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रलाई धितालका पुस्तक

२२ भदौ, दाङ

भू-बनाेट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रलाई लेखक, विश्लेषक एवम् प्रतिरोध अभियान नेपालका केन्द्रीय संयाेजक प्रमाेद धितालले पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तकालयमा पाठकहरुकाे रुचिलाई मध्यनजर गरि जीवन, दर्शन, राजनीति र कला-साहित्य सम्बन्धी महत्त्वपूर्ण पुस्तक पुस्तकालयलाई प्रदान गरिएको प्रमाेद धितालले बताए ।

समाजलाई अध्ययन, बहसकाे दिशामा रुपान्तरण गर्न स्वर्गद्वारी नगरपालिका ५ सारीमा रहेकाे सामुदायिक भवनमा पुस्तकालय स्थापना गरिएको पुस्तकालय तथा अध्ययन केन्द्रका परिकल्पनाकार एवम् साे पुस्तकालयका संयाेजक घनश्याम अस्तित्वले बताए ।

उनले सरकारका तिनवटै तहका निकायहरु जनसमुदायमा पठन संस्कृतिकाे विकास र चेतनाकाे सशक्तीकरणमा बेखबर रहनु निकै दुखद भएको बताउँदै समुदायको पहलमा साे पुस्तकालय स्थापना गरेसँगै पुस्तक प्रदान गर्ने दाता बढिरहेको र पाठकहरुकाे पनि सहभागीता बढिरहेको बताए ।

घनश्यामले स्थानीय सरकारसँग छिट्टै पुस्तकालयकाे विषयमा थप परामर्श गरि आवश्यक बजेटिङकाे जाेहाे गरेर पुस्तकालय तथा अध्ययन केन्द्रलाई व्यवस्थित गर्ने याेजनामा आफुहरु रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation