२३ भदौ, काठमाडौं

नेपालमा साक्षरता दिवस मनाउन थालेको ५८ वर्ष पुगेको छ।
बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ। सरकारले दुई वर्षभित्रमा निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन।
सरकारले पहिलो पटक २०६५ सालमा अभियानको सुरुवात गरेको थियो। पछिल्लो डेढ दशकको अवधिमा साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब खर्च गरिसकेको छ।
त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ । अझै पनि मधेश प्रदेश र कर्णाली प्रदेशका समेत गरेर १३ जिल्लालाई साक्षरता घोषणा गर्न सकिएको छैन।
२०७१ असार २ गते सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्लाको रूपमा घोषणा गरिएको थियो। तर, सिन्धुपाल्चोकमै ७७ हजार १ सय ३४ जना नागरिक निरक्षर छन्।